back

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

वि.सं.२०८२ असार १२ बिहीवार

297 

shares
IME Limited
NTC AD

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै दिनमा ३० हजार भन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्केको स्थानीय अधिकारीले बुधबार बताएका छन् ।

सूचना र संस्कृति विभागका प्रान्तीय निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीले उनीहरुलाई पानी, खाना र तत्काल चिकित्सा सहायतासहित सबै आवश्यक आपूर्तिहरू प्रदान गरिएको जनाएका छन् ।

अफगानिस्तानले इरानसँग एउटा पश्चिमी हेरात प्रान्तमा र अर्को निमरोज प्रान्तमा गरी दुईवटा प्रमुख सीमाहरु खुल्ला गरेको छ, हालसालै दुवै सिमाहरूबाट फर्कने शरणार्थीहरूको सङ्ख्या तीव्र भएको जनाइएको छ ।

अनुमानित दुई-तीन हजार व्यक्ति र करीव ३०० परिवारहरू निमरोज प्रान्तको पुल-ए-अब्रेसम सीमा पार गरेर हरेक दिन अफगानिस्तान फर्किरहेको शरणार्थी र स्वदेश फिर्तीका प्रान्तीय निर्देशकले बताएका छन् ।

करिब ७० लाख अफगान शरणार्थीहरू मध्ये अधिकांश कागजात विहीन आप्रवासीहरू , हाल विदेशमा बसिरहेका छन्, जसमध्ये सबैभन्दा बढी इरान र पाकिस्तानमा रहेका छन् । सिन्ह्वा/फाइल फोटो

वि.सं.२०८२ असार १२ बिहीवार १३:५६ मा प्रकाशित

छ बुँदे सहमतिपछि सुन पसलहरु आजदेखि खुल्यो

छ बुँदे सहमतिपछि सुन पसलहरु आजदेखि खुल्यो

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बिहीबार...

आन्तरिक रोजगारी प्रवद्र्धन गर्न नयाँ संरचना बनाएर काम गरिरहेका छौँः शरत् सिंह भण्डारी

आन्तरिक रोजगारी प्रवद्र्धन गर्न नयाँ संरचना बनाएर काम गरिरहेका छौँः शरत् सिंह भण्डारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरत् सिंह भण्डारी...

कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर...

आज विश्व जनसङ्ख्या दिवस

आज विश्व जनसङ्ख्या दिवस

काठमाडौँ । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको...

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...