back
CTIZAN AD

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

वि.सं.२०८२ असार १२ बिहीवार

690 

shares

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन गर्ने योजना बनाएको बताएका छन् ।

सन् २०२१ मा म्यान्मारको नागरिक सरकारलाई सत्ताच्युत गरेको सेनाले निर्वाचन गर्ने तयारी भइरहेको जनाएको हो । निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएपछि म्यान्मामा सेनाप्रति बफादार (जुन्टा) सरकार र प्रजातन्त्र र स्वतन्त्रताका लागि सङ्घर्षरत दल तथा समूहबीच गृहयुद्ध निम्त्याएको थियो । जुन्टा सरकारले शान्तिको मार्गको रूपमा आफ्नो चुनावी योजनालाई अगाडी सारेको हो ।

पूर्ववर्ती सरकारका सदस्यहरू थुनिएका, विपक्षी समूहहरूले मतदान बहिष्कार गर्ने र जुन्टा विरोधी विद्रोहीहरूको नियन्त्रणमा रहेको देशको विशाल भूभागमा जुन्टा सरकारको नेतृत्वमा निष्पक्ष निर्वाचन असम्भव भएको पर्यवेक्षकहरूले बताएका छन् भने विपक्षी समूहहरूले निर्वाचन बहिष्कार गर्ने बताइरहेका छन् ।

म्यान्माको सरकारी अखबार ‘द ग्लोबल न्यू लाइट अफ म्यान्मार’का अनुसार जुन्टा प्रमुख मिन आङ ह्लाइङले बुधबार राजधानी नेपिडोमा आयोजित एक सम्मेलनमा ‘यस वर्षको डिसेम्बर र अर्को वर्षको जनवरीमा निर्वाचन हुने’ बताएका हुन् ।

जुन्टाले चरणबद्ध रूपमा निर्वाचन गर्ने योजना बनाएको छ वा छैन भन्ने स्पष्ट भएको छैन ।

बुधबार म्यान्मारको मानवअधिकार स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक टम एन्ड्रुजले जुन्टाले ‘वैध नागरिक सरकार निर्माण गर्ने चुनावी अभ्यासको यो मृगतृष्णा सिर्जना गर्न खोजेको’ बताएका छन् ।

जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै एन्ड्रुजले भने, “जब कुनै प्रशासनले आफ्ना विरोधीहरुलाई कैद, यातना र मृत्युदण्ड दिन्छ, पत्रकारको हैसियतमा सत्यको पक्षमा रिपोर्टिङ गर्नु गैरकानुनी बन्छ । म्यान्मामा जुन्टाको आलोचना गर्नु गैरकानुनी हुन्छ र यस्तो अवस्थामा चुनाव हुन सक्दैन ।”

हालैका महिनाहरूमा प्रजातन्त्र समर्थक समूह र शक्तिशाली जातीय सशस्त्र सङ्गठनहरूले जुन्टा प्रशासनको हस्तक्षेपबाट क्षेत्रीयरूपमा क्षति बेहोरेका छन्।

विश्लेषकहरूका अनुसार चीन र रुसको सैन्य समर्थनले उसलाई हारबाट जोगाइराखेको छ, तर देशको ठूलो क्षेत्र जुन्ताद्वारा आयोजित कुनै पनि लोकतान्त्रिक अभ्यासको पहुँचभन्दा बाहिर हुनेछ ।

निर्वाचनको तयारीका लागि गत वर्ष गरिएको जुन्टा जनगणनाले देशको पाँच करोड १० लाख जनसङ्ख्यामध्ये एक करोड ९० लाखको तथ्याङ्क सङ्कलन गर्न नसकेको स्वीकार गरेको थियो ।

“हामी अहिले चुनावलाई सकेसम्म निष्पक्ष र व्यापकरूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिरहेका छौं,” म्यान्मारको ग्लोबल न्यू लाइट सम्मेलनमा आफ्नो लिखित भाषणमा जुन्टा प्रमुख मिन आङ ह्लाइङले भने ।

उनले भने, “सबैभन्दा महत्वपूर्ण कुरा, निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।”एएफपी/फाइल फोटो

वि.सं.२०८२ असार १२ बिहीवार १३:४० मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...