back
CTIZAN AD

नेपालीलाई बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

वि.सं.२०८२ असार १३ शुक्रवार

807 

shares

सुदूरपश्चिम । भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरुलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको आज बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद मानबहादुर धामीले रोजगारी दिने बहानामा रकम असुली गरी अपहरण गरेर बन्धक बनाइएका ५८ जना नेपालीको यही असार ११ गते कञ्चनपुरको गड्डाचौकी सीमानाकाबाट उद्धार गरिएको घटनालाई गम्भीर रुपमा लिन ध्यानाकर्षण गराए ।

भारतस्थित नेपाली राजदूतावास, किङ्ग भारत, स्थानीय प्रशासन, शुभ अवसरग्राम नेपाल नामको संस्थाको संयुक्त पहलमा बन्धक बनाइएका नेपालीको उद्धार भएको जानकारीमा आएको धामीले बताए ।

सत्तापक्ष नेकपा (एमाले)की जानकी ऐरबमले सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न धनगढीमा आयोजित समारोहमा मर्यादाक्रम विपरीत प्रदेशसभा सदस्यलाई प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षभन्दा पछाडिको सिटमा आसनग्रहण गराएर प्रदेशसभा र सुदूरपश्चिम प्रदेशवासीमाथि नै अपमानित गर्ने काम भएको भन्दै सरकारको तत्काल जवाफ माग गरे ।

आजको बैठकले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभाका सदस्य अक्कलबहादुर रावल, विक्रमसिंह धामी र चक्रबहादुर मल्लले भाग लिएका थिए ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

वि.सं.२०८२ असार १३ शुक्रवार १७:०४ मा प्रकाशित

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...