back
CTIZAN AD

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेका छौँः मुख्यमन्त्री शाह

वि.सं.२०८२ असार १३ शुक्रवार

720 

shares

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेको बताएका छन् ।

नेपाल उद्योग परिसङ्घ सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको प्रदेश कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा उनले भने, “विभिन्न सङ्घसंस्थालाई जोडेर हामी अगाडि बढ्न चाहन्छौँ, यहाँ लगानी मैत्री वातावरण बनाउन चाहन्छौँ, त्यसका लागि प्रक्रिया, छलफल अगाडि बढाएका छौँ ।”

मुख्यमन्त्री शाहले निजी क्षेत्रलगायत सबैलाई सुदूरपश्चिममा धेरै सम्भावना रहेकाले लगानीकर्तालाई सुरक्षाको ‘ग्यारेन्टी’ गराउने बताए । उनले निजी क्षेत्रको अनुभव पनि सरकारले प्राप्त गर्न जरुरी रहेको बताए । उनले भने, “सरकार र निजी क्षेत्र साझेदारीका साथ अगाडि बढौँ भन्ने आग्रह गर्दछु, यस्तै हरेक कुरामा सँगै अगाडि बढेर जाने विश्वास मैले लिएको छु ।”

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका केन्द्रीय अध्यक्ष राजेशकुमार अग्रवालले परिसङ्घले देशको समग्र अर्थतन्त्रको विकासका लागि पहल गर्दै आएको बताए । उनले परिसङ्घले नेपाली उत्पादित वस्तु नेपाली तथा विदेशी बजारमा पु¥याउन सहयोग गर्दै आएको बताए ।

युवा उद्यमी प्रवद्र्धन तथा प्रोत्साहन गर्ने खालका गतिविधि परिसङ्घले गर्दै आएको उनको भनाइ छ । आज नै परिसङ्घको रमणचन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सुदूरपश्चिम प्रदेश समिति गठन भएको जनाइएको छ ।

वि.सं.२०८२ असार १३ शुक्रवार १७:२५ मा प्रकाशित

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...