back

यही असार २८ मा राष्ट्रिय युवा महोत्सव

वि.सं.२०८२ असार २२ आइतवार

177 

shares
IME Limited
NTC AD

काठमाडौँ । युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ ।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा (युथ फर चेन्ज), वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडिएस)को संयुक्त आयोजनामा यही असार २८ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा महोत्सव आयोजना हुन लागेको सुनौलो नेपाल अनलाइन अध्यक्ष मोहराज पौडेलले जानकारी दिए ।

महोत्सवमा समाजसेवी अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवाली, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट, अभिनेत्री सुरक्षा पन्त, आध्यात्मिक शिक्षक रुपेश्वर गौर दास र उद्यमी शोभनवीर मालकारलगायत प्रमुख वक्ता रहनेछन् ।

वक्ताहरूले आफ्ना जीवनका अनुभव र भोगाइलाई समेट्दै आफ्नै देशमा अवसरहरू निर्माण गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्नुहुने जनाइएको छ ।

कार्यक्रममा गायक सबिन राई र फारो र द एलिमेन्ट्स ब्यान्डको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ ।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष सुरेन्द्र सुवेदीले एउटा सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

युथ फर चेञ्जका अध्यक्ष हिमाल विष्टले आफ्नो ज्ञान, सीप र क्षमताको सदुपयोग यसै देशमा केही सफल काम गरी आगामी पुस्ताको असल पथप्रदर्शक बन्नका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए । कार्यक्रम युवाहरूमा सकारात्मक आशा जगाउने र नेपालमा रहेका अवसरहरू देखाउने उद्देश्यले तयार गरिएको छ ।

गत वर्षको पहिलो संस्करणको सकारात्मक प्रभाव र युवाहरूमा देखिएको उत्साहका कारण यस वर्ष पनि यो महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ ।
विद्यालय शिक्षा (कक्षा १२) बाट उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूका लागि लक्षित गरी आयोजना हुने यो कार्यक्रम पूर्णतः निःशुल्क छ भने इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

वि.सं.२०८२ असार २२ आइतवार १९:३७ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै

नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै

काठमाडौँ । महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

नयाँदिल्ली । बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल,...

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

पटना, भारत । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा...