back
CTIZAN AD

यही असार २८ मा राष्ट्रिय युवा महोत्सव

वि.सं.२०८२ असार २२ आइतवार

534 

shares

काठमाडौँ । युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ ।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा (युथ फर चेन्ज), वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडिएस)को संयुक्त आयोजनामा यही असार २८ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा महोत्सव आयोजना हुन लागेको सुनौलो नेपाल अनलाइन अध्यक्ष मोहराज पौडेलले जानकारी दिए ।

महोत्सवमा समाजसेवी अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवाली, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट, अभिनेत्री सुरक्षा पन्त, आध्यात्मिक शिक्षक रुपेश्वर गौर दास र उद्यमी शोभनवीर मालकारलगायत प्रमुख वक्ता रहनेछन् ।

वक्ताहरूले आफ्ना जीवनका अनुभव र भोगाइलाई समेट्दै आफ्नै देशमा अवसरहरू निर्माण गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्नुहुने जनाइएको छ ।

कार्यक्रममा गायक सबिन राई र फारो र द एलिमेन्ट्स ब्यान्डको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ ।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष सुरेन्द्र सुवेदीले एउटा सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

युथ फर चेञ्जका अध्यक्ष हिमाल विष्टले आफ्नो ज्ञान, सीप र क्षमताको सदुपयोग यसै देशमा केही सफल काम गरी आगामी पुस्ताको असल पथप्रदर्शक बन्नका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए । कार्यक्रम युवाहरूमा सकारात्मक आशा जगाउने र नेपालमा रहेका अवसरहरू देखाउने उद्देश्यले तयार गरिएको छ ।

गत वर्षको पहिलो संस्करणको सकारात्मक प्रभाव र युवाहरूमा देखिएको उत्साहका कारण यस वर्ष पनि यो महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ ।
विद्यालय शिक्षा (कक्षा १२) बाट उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूका लागि लक्षित गरी आयोजना हुने यो कार्यक्रम पूर्णतः निःशुल्क छ भने इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

वि.सं.२०८२ असार २२ आइतवार १९:३७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...