सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा नविकरणका लागि आग्रह गरको छ ।
संघले २०२५-२०२७ कार्यकालका लागि खोलिएको नयाँ सदस्यता दर्ता तथा नविकरण यहि जुलाई २० सम्म रहेकाले इच्छुक नेपाली दाजुभाइ दिदीबहिनीलाई नविकरण तथा नयाँ सदस्यता फारम भर्न अनुरोध गरेको हो ।
संघका महासचिव पंकज श्रेष्ठले जारी गरेको सूचना अनुसार संघको अधिवेशन जुलाई २७ मा आयोजना गरिएकोले सिसेल्सबासी नेपाली समुदायलाई सहभागी हुन समेत अनुरोध गरिएको छ ।
वि.सं.२०८२ असार २४ मंगलवार १६:२२ मा प्रकाशित






























