सुरेशकुमार पाण्डे, दाङ, घोराही
‘नमस्ते प्रदिप दाजी !’ ‘सकिल पनि दौड्दै ओत लाग्न आइपुग्यो ।’
‘नमस्ते सकिल भाई ! आज त पानीले पिछा नछाड्ने भयो ।’ ‘प्रदिपले आकास तिर नियाल्दै भन्यो ।’
राजेश ! बाहिर आउ दुइजना पाहुन तिम्रो दलनमा आइपुगेका छौँ । ‘प्रदिपले भित्र आवाज लगायो ।’
एकछिन पछि राजेश तीन कप चिया लिएर आयो ।
नमस्कार यहाँहरूलाई स्वागत छ । ‘उसले चीया थमाउँदै भन्यो ।’
आज बिहानीको घुमघाम गर्दैगर्दा पानी पर्यो।धन्न राजेशको घर बाटैमा पर्यो र यो चीयाको आनन्द लिन पायौँ । ‘सकिलले राजेशको प्रसंसा गर्दै भन्यो ।
यीनि तिनैजना सानै देखिका मित्र हुन आपसमा घनिष्ट सम्वन्ध छ। ‘आज मानिस बारे आ आफ्नो दृष्टिकोण व्यक्त गरौँ।’ ‘प्रदिपले प्रस्ताव राख्यो ।’
‘मानिस भएर जन्मिए पछि मानिस सरह व्यवहार गर्नै पर्छ।’ सकिलले ढिला नगरि प्याच भन्यो ।
‘मेरो दृष्टिकोणमा मानव भनेको विवेकशील हुनुपर्छ जसले आफ्नै पाराले निष्कर्ष निकाल्न सकोस्, देश र जनताको हित कसरी हुन्छ भन्ने ।’ राजेशले भन्यो ।
‘मेरो बिचारमा मानिस समाज सँग सँगै हिंड्न सक्नुपर्छ।’ प्रदिपले भन्यो ।
राजेश भित्र पस्यो र दुइटा छाता लिएर हिंड्यो । त्यो देखेर सकिलले सोध्यो ‘दाइ कता हो ?’
‘म बुढीलाई लिएर एकछिनमा आउँछु ।’ राजेश अरूको कुरा सुन्न लागेन निस्कियो ।
‘यो पनि जोरूको गुलाम नै रहेछ भनेर बुझियो ।’ प्रदिपले प्याच भन्यो ।
वि.सं.२०८२ असार २८ शनिवार ०८:३६ मा प्रकाशित






























