back
CTIZAN AD

लघुकथा : दृष्टिकोण

वि.सं.२०८२ असार २८ शनिवार

3.3K 

shares

सुरेशकुमार पाण्डे, दाङ, घोराही

‘नमस्ते प्रदिप दाजी !’ ‘सकिल पनि दौड्दै ओत लाग्न आइपुग्यो ।’

‘नमस्ते सकिल भाई ! आज त पानीले पिछा नछाड्ने भयो ।’ ‘प्रदिपले आकास तिर नियाल्दै भन्यो ।’

राजेश ! बाहिर आउ दुइजना पाहुन तिम्रो दलनमा आइपुगेका छौँ । ‘प्रदिपले भित्र आवाज लगायो ।’
एकछिन पछि राजेश तीन कप चिया लिएर आयो ।

नमस्कार यहाँहरूलाई स्वागत छ । ‘उसले चीया थमाउँदै भन्यो ।’

आज बिहानीको घुमघाम गर्दैगर्दा पानी पर्यो।धन्न राजेशको घर बाटैमा पर्यो र यो चीयाको आनन्द लिन पायौँ । ‘सकिलले राजेशको प्रसंसा गर्दै भन्यो ।

यीनि तिनैजना सानै देखिका मित्र हुन आपसमा घनिष्ट सम्वन्ध छ। ‘आज मानिस बारे आ आफ्नो दृष्टिकोण व्यक्त गरौँ।’ ‘प्रदिपले प्रस्ताव राख्यो ।’
‘मानिस भएर जन्मिए पछि मानिस सरह व्यवहार गर्नै पर्छ।’ सकिलले ढिला नगरि प्याच भन्यो ।

‘मेरो दृष्टिकोणमा मानव भनेको विवेकशील हुनुपर्छ जसले आफ्नै पाराले निष्कर्ष निकाल्न सकोस्, देश र जनताको हित कसरी हुन्छ भन्ने ।’ राजेशले भन्यो ।

‘मेरो बिचारमा मानिस समाज सँग सँगै हिंड्न सक्नुपर्छ।’ प्रदिपले भन्यो ।

राजेश भित्र पस्यो र दुइटा छाता लिएर हिंड्यो । त्यो देखेर सकिलले सोध्यो ‘दाइ कता हो ?’

‘म बुढीलाई लिएर एकछिनमा आउँछु ।’ राजेश अरूको कुरा सुन्न लागेन निस्कियो ।

‘यो पनि जोरूको गुलाम नै रहेछ भनेर बुझियो ।’ प्रदिपले प्याच भन्यो ।

 

वि.सं.२०८२ असार २८ शनिवार ०८:३६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...