back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ असार २८ शनिवार

2.7K 

shares

केन्टरमेश क्षेत्रीय, रोल्पा

१.
अहमता कति बढेछ
उनलाई मात्र समाउँदा
स्वतन्त्रताको प्रश्न उठेछ ।

२.
श्रमजिविलाई बेतन हराएछ
जिन्दावाद, मुर्दावाद सभामा
जबर्जस्त बोलावट आएछ ।

३.
कति कमजोर व्यवस्था
समाउँदा कुनै साहुलाई
हनन् भएछ स्वतन्त्रता !

४.
आयामहरू नौला भर्नेछौँ
आचरण प्रवृत्ति सुधारेर
नववर्षको स्वागत गर्नेछौँ ।

५.
तीन लाइन हुन्छन्
बिचको हरफ स्वतन्त्र
नौ शब्द बुन्छन् ।

६.
काँडाहरू बाटोमा राखिदिन्छौ
पीडाहरू तिमीले नदेखेर
सुखहरू भागबाटै हटाइदिन्छौ ।

७.
डिलमै आँसु लुकाउँछु
पीडा मैले सहदै
आफूले आफैँलाई भुलाउँछु ।

८.
बजारमा सम्झना हराउँदैछन्
स्मरण तिम्रो नभएपछि
तिम्रा पीडाहरू बढाउँदैछन् ।

९.
सपना ठूला देख्छौ
विचार नगरी हिँड्दा
भाग्यमा दुःख लेख्छौ ।

१०.
उद्देश्य चन्द्रमा छुने
हिँड्नू सधैँ सत्मार्गमा
उच्च चरित्रवान् हुने ।

वि.सं.२०८२ असार २८ शनिवार ०८:२० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...