back
CTIZAN AD

कविता : भानु महिमा

वि.सं.२०८२ असार २८ शनिवार

1.2K 

shares

अलख निरञ्जन लोहार
टीकापुर, कैलाली,हाल : भारत

लेख्यौ अन्तर भावना हृदयका, भाषा बनाईदियौ,
नेपालीपन चित्तमा हितहुने, आशा जगाईदियौ ।
मीठा काव्य कला अनन्त रसिला,पीयूष मानीकन,
राखी मस्तकमा अनेक रचना,रच्दै बित्यो जीवन ।१।

तिम्रै कौशलका अनन्य रचना, पढ्दैछु ऐले पनि,
फुल्दैछन् कवि बागमा सरसिला, निर्धक्क जैले पनि ।
तिम्रै काव्य सुधा पिएर खुस भै झुल्छन् यिनी कन्दरा,
भेट्छिन् सुन्दर लेखनी मधुमयी प्यासी बनेकी धरा ।२।

लेख्यौ जीवनमा यथार्थ कविता, घाँसी बनाई गुरु,
मर्यादा र चरित्रको बिषयमा, आलेख गर्दै शुरु ।
आफ्नै बुद्धि विवेकले मगनभै, चढ्थ्यौ विधाका धुरा,
देखिन्छन् कति सिर्जना रसमयी, आनन्द दिन्छन् पुरा ।३।

छन् शार्दूल र मालिनी शिखरिणी, ती स्रग्धरा छन्दमा,
ढुङ्गा जङ्गल मृत्तिका भुवनमा, झुल्छन् खुबै कन्दमा ।
भाषा धर्म परम्परा बचनमा, सत्कर्म छर्दै गयौ,
नेपाली मनभित्र सान सुकिलो, आदित्य जस्तै भयौ ।४।

मान्छेभित्र विभेदका मतहरू, तोडेर बाँचून् सबै,
छर्कून् चेतन भानुभक्तसरि भै, हाँसेर नाचून् सबै ।
बुझ्नैपर्दछ भानुभक्त दिलले, भाषा कला सिर्जन,
छन् रामायण श्लोक नित्य मुखमा,सक्ला र को बिर्सन ?५।

छन्द : शार्दूलविक्रीडित
गण : स म स ज स त त गु
गण सङ्केत : SSS  IIS  ISI   IIS  SSI  SSI   S

वि.सं.२०८२ असार २८ शनिवार ०८:१३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...