back
CTIZAN AD

गजल

वि.सं.२०८२ असार २८ शनिवार

1.4K 

shares

केशवप्रसाद ढकाल ’प्रीतबीज’
सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा

हुँदा पेट भोकै मरेको छ कोही
महलमा रजाइँ गरेको छ कोही

भई लुब्ध औधी भिसा बेच्न थाल्दा
नजरबाट मेरो झरेको छ कोही

अनायास बाढी शहरभित्र पस्दा
लगाएर जुक्ति तरेको छ कोही

हुँदा काम राम्रो अरूका नजरमा
पुरस्कृत हुनेमा परेको छ कोही

गरेको लगानी उठाएर सारा
सुखी बन्न अन्तै सरेको छ कोही

बहर – मतकारिब मुसम्मन सालिम
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन – १२२ – १२२ – १२२ – १२२
काफिया – एको
रदिफ – छ कोही

वि.सं.२०८२ असार २८ शनिवार ०८:०८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...