back
CTIZAN AD

गजल

वि.सं.२०८२ असार २८ शनिवार

1.9K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ

छ बढ्दै युध्दको खतरा उता खलबल भएको छ
लिँदै छन् ज्यान बाढीले यता जलथल भएको छ

सजाएको छु तनमनमा कुँदेका शब्द मालाले
कहाँ पाइन्छ देखेको हृदय अलमल भएको छ

पुगेको छैन सपनाको दुरावस्था छ विपनामा
मियो छानौँ सबलअब्बल भनी छलफल भएको छ

समालेको छु भारी मन कहरको सामना गर्दै
पुगून् तिम्रा कुरा मनका कतै मलजल भएको छ

सबै पाइन्छ किस्तामा चिताएका कुराकानी
कतै भुल्यौ तिमीमा नै यो दिल ढलपल भएको छ

बहर – हजज मुसम्मन सालिम
अर्कान – मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन्
वजन – १२२२ – १२२२ – १२२२ – १२२२
काफिया – अल
रदिफ। – भएको छ
अभ्यास – उज्यालो पाठशाला

वि.सं.२०८२ असार २८ शनिवार ०८:०७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...