back
CTIZAN AD

गजल

वि.सं.२०८२ असार २८ शनिवार

2.1K 

shares

कपिल किशोर घिमिरे, दाङ

कतै तन लुटेका पुजारीहरू छन्
कतै देह बेच्ने कुमारीहरू छन्

युवा जान थाले सबै देश बाहिर
यता मात्र एक्ला बुहारीहरू छन्

न जोत्ने हली छन् न खन्ने खेताला
बिना अन्न खाली भकारीहरू छन्

छ पढ्ने बहाना सहर बास उनको
पियारा परै छन् पियारीहरू छन्

रुँदै रात काट्छिन् दुखी छन् उनी खुब
निकै दुष्ट उनका चिनारीहरू छन्

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आरी
तहलिली रदिफ : हरू
रदिफ : छन्

वि.सं.२०८२ असार २८ शनिवार ०८:०५ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...