back
CTIZAN AD

पिस एम्बसीले मनायो भानु जयन्ती, १ लाखको वर्ष उत्कृष्ट पुरस्कार घोषणा

वि.सं.२०८२ असार ३० सोमवार

1.8K 

shares

काठमाडौँ । नक्शाल स्थित पिस एम्बसीले एक भव्य कार्यक्रमका साथ २१२औँ भानु जयन्ती नेपाली भाषाका आदिकवि भानुभक्तले नेपाली साहित्यमा गरेका योगदानलाइ सम्झना गर्दै मनाएको छ ।

कार्यक्रममा साहित्यकार भिम उप्रेतीले नेपाली संस्कृति र साहित्यको विकासमा भानुभक्तले महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनको मार्गदर्शनमा हिड्न सुझाव दिए । उनले भानुभक्तका अमरकृतिले विश्वजगतलाई नैतिक तथा आध्यात्मिक ज्योति छर्न सघाएको समेत बताए ।

शान्ति साहित्य सभाको घोषणा सँगै एक लाख एक रुपैयाँ शान्ति साहित्य पुरस्कारको घोषणा गर्दै अन्तराष्ट्रिय स्तरको सम्भवत पहिलो कार्यक्रमको रुपमा आयोजना गरिएको साहित्यिक व्यक्तिहरुको भनाइ छ ।

कार्यक्रममा कवि रुपसिंह भण्डारीको संयोजकत्वमा हरेक वर्ष एक जना उत्कृष्ट कविलाई रु १ लाख १ रुपैयाँको पुरस्कार दिने निर्णय सुनाइएको थियो ।

कार्यक्रममा सन्तोस कुमार पोखरेल स्नेह सायमी रन्जना निरौला गंगा खतिवडा दिप डाँगी कृष्ण बाउसे रिता खतिवडा भीष्म उप्रेती रमी प्रिया सुस्मिता नेपाल भोज कुमार धमला सुनिल ढुंगाना चाचु लगायत १८ जना चर्चित अतिथि कविले कविता वाचन गरेका थिए ।

अमर अधिकारी लगायत थुप्रै कविहरुले रचना वाचन गरेका थिऐ । गीत नृत्य सहित सम्पन्न कार्यक्रमले साहित्यिक र संगीतमय माहोलमा रमाउने अवसर मिलेको थियो ।

भानुभक्त शान्ति र पर्याय सम्बन्धी अंग्रेजी हिन्दी र नेपाली कविताहरु एउटै प्लेटफर्ममा सुन्न पाउनु सम्भवत साहित्य क्षेत्रकै ऐतिहासिक र अन्तराष्ट्रिय स्तरको कार्यक्रम भन्दा अत्युक्ति नहोला ।

विश्व शान्ति तथा एकिकृत परिवार महासंघ र सिद्दान्त अनुसन्धान महाविद्यालय संघको आयोजनामा विश्व शान्ति तथा एकिकृत परिवार महासंघका दक्षिण एसियाका निर्देशक कृष्ण अधिकारीको सभापतित्व रहेको उक्त कार्यक्रमको सन्चालन कवि रुपसिंह भण्डारीले गरेका थिए ।

उपस्थित सम्पूर्णलाई कार्यक्रमका संयोजक लेखक एवं कवि एच बी खत्रीले कविता प्रस्तुत गर्दै हार्दिकताका साथ स्वागत गरेका थिऐ भने समाजसेवी विनोद डाँगीले धन्यवाद दिएका थिए ।

 

वि.सं.२०८२ असार ३० सोमवार ११:५९ मा प्रकाशित

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

झिल्का कविताका ३ वटा कृति विमोचन तथा वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । झिल्का साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात...

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

तृषित मन’ हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण

काठमाडौँ । कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा...

चारु

चारु

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ भन्थ्यौ छोड्छु जिद्दीपन त्यो...

सुसेली

सुसेली

सुशील आचार्य तारकेश्र्वर ५ , काठमाडौँ १ जिन्दगी कस्तो सधैं...

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...