back
CTIZAN AD

दुर्घटनामा ज्यान गुमाएका शिक्षक यादवको परिवारलाई नेपाल बैंकद्वारा बीमादाबी रकम भुक्तानी

वि.सं.२०८२ असार ३२ बुधवार

510 

shares

मकवानपुर । नेपाल बैंक लिमिटेडले थाहा नगरपालिका वडा नं. १ स्थित श्री झम्केश्वरी मा.विका शिक्षक रघुनन्दन यादवको बीमादाबी रकम भुक्तानी गरेको छ ।

शिक्षक यादव पालुङ शाखाको कर्मचारी तलब खाताका ग्राहक समेत रहेका थिए । उनको मिति २०८२/०२/१२ गते मकवानपुर जिल्लाको थाहानगरपालिका वडा नं. ३ मा सडक दुर्घटनामा परी देहावसान भएको थियो ।

बैंकले उनका परिवारलाई दुर्घटना बीमादावी रकमवापतरु. पाँच लाख भुक्तानी गरेको छ । बैंककोे कर्मचारी तलब खाता अन्तर्गतको विशेषता बमोजिम खाता खोलेको एक वर्ष भित्र ग्राहकको मृत्यु भएमा रु. पाँच लाख सम्मको दुर्घटना बीमा पाउन सक्ने व्यवस्था अनुसारको मागदाबीको अविलम्ब भुक्तानी गरिएको बैंकले जनाएको हो ।

बैंकले मिति २०८२/०३/२२ गते एक कार्यक्रमआयोजना गरी बैंककाप्रमुखकार्यकारी अधिकृत श्री तिलक राज पाण्डेयज्यूलेमृतकश्री रघुनन्दन यादव प्रति श्रद्धाञ्ली अर्पण गर्दै शोक सन्तप्त परिवार जन प्रति गहिरो समवेदना प्रकट गर्दै बीमादावी रकमको चेकस्व. यादवकी श्रीमती अमिरा कुमारी यादवलाई हस्तान्तरण गरेका छन् ।

सो समारोहमा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंक लि.ले आफ्ना ग्राहकहरुका वित्तीय सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै आइरहेको र आगामी दिनहरुमा पनि उत्कृष्ट ग्राहक सेवा र सुरक्षालाई उच्च प्राथमिकता प्रदान गर्दै जाने बताए भने स्व. श्री रघुनन्दन यादवकी पत्नी अमिरा कुमारी यादवले दःुखको बेलामा बिनाकुनै झन्झट नेपाल बैंक लि.बाट प्राप्त यो आर्थिक रकमले परिवारको भरण पोषणमा धेरै राहत पाएको महसुस गरेको बाताईन् ।

वि.सं.२०८२ असार ३२ बुधवार ११:३७ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...