back
CTIZAN AD

एन्फा अध्यक्ष नेम्बाङको न्युयोर्कमा स्वागत

वि.सं.२०८२ साउन ४ आइतवार

3.1K 

shares

न्यूयोर्क । न्यूयोर्कवासी नेपालीले यही १५ जुलाईका दिन अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्बाङसंग स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

समाजसेवी एवम पुर्व फुटबल खेलाडी मुनिन्द्र नेम्बाङको संयोजनमा खेलप्रेमी न्यूयोर्कवासी नेपालीले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अथिती नेम्बाङले फुटबलको विकाशको लागि आधारभूत संम्रचना निर्माणमा बडी जोड दिइरहेको, नयॅा प्रशिक्षक र रेफ्रीहरू निकाल्ने काम भइरहेको, अन्य डिभिजनका लिक सकिएकोले अब चाडै ‘ए डिभिजन’का लिगहरू संचालन गर्ने , मुलुकमा थप एकेडेमी संचालनमा ल्याउने सोच एन्फाको भएको र भक्तपूरमा अन्तराष्ट्रिय स्थरको रंगशाला निर्माणका लागि सरकारसंग माग गर्दै अन्तिम चरणमा पुगेको कुरा बताएका थिए ।

फिफाले दिएको निर्देशनलाई एन्फाले कार्यन्वयन गर्नैपर्ने भएकोले, विगतमा झेलिएको समस्यालाई क्रमश समाधान गर्दै लगेको कुरा बताउदै प्रमुख अथिती नेम्बाङले फुटबल फर स्कुल भन्ने कार्यक्रम चाडै संचालन गर्ने कुरा बताए । थोरै बजेट स्रोत र साधनबाट चल्ने गरेको खेलकुद मन्त्रालयमा यसपटक ६ अरब बजेट छुट्याएकोमा सरकारलाई धन्यवाद दिए । यसै क्रममा एन्फा अध्यक्ष नेम्बाङले नेपाली फुटबलको हालको अवस्था, प्रवासी नेपालीको भूमिकासहित नेपालको फुटबल विकासका सम्भावना, चुनौतीहरू र भविष्यका योजनाहरूका बारेमा स्पष्ट पार्दै, नेपाली फुटबलको सुधार र विकासमा प्रवासी नेपालीको सहभागितामा अझ प्रभावकारी बनाउन एन्फाको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, आदिवासी जनजाति माहासंघ अमेरिकाका अध्यक्ष, तोरण गुरूङ, नेपालका पूर्व राष्ट्रिय फुटबल टिमका खेलाडी नवल किरोर राई, युनाईटेट शेर्पा फुटबल क्लवका सदस्य साङवु शेर्पा, उसुका पुर्व राष्ट्रिय खेलाडी छेमाङ लामा, एन्फा सिन्धुपाल्चोकका पुर्व उपाध्यक्ष सुर्य खड्का, लङआईल्याण्ड नेपाली समाजका अध्यक्ष राजन गौली, एनआरएन आइसिसि सदस्य दुर्गेश कार्की, याक्थङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरण लिम्बू लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा न्यूयोर्क फुटबल क्लबका प्रशिक्षक कुमार शेरचन, तामाङ फुटबल क्लवका म्यानेजर पासाङ लामा , भैरव फूटबल क्लबका अध्यक्ष किरण गुरूङ, तमु फुटबल क्लबमा प्रशिक्षक दिवीजंग गुरूङ, हाम्रो पोखराका अध्यक्ष किशोर रेग्मी, ग्याल्सुण्डो फुबल क्लवका प्रतिनिधी राजु गुरूङ, मोरिस फुटबल क्लबका प्रतिनिधी भुपेन्द्र अधिकारी, फुबलका पूर्व राष्ट्रिय टिमका खेलाडी तुलसा सिंङ, तामाङ समाज अमेरिकाका अध्यक्ष तुल बहादुर तामाङ, आदिवसी जनजाती माहासंघ अमेरिकाका महासचिव दिपक चौधरी, भेट्रान्स फुटबल खेलाडी चोङ लिम्बु, संजोग योन्जन, चिना तामाङ, टासी धुन्दुप, छुन्दा लामा , डेमोक्रेटीक पार्टीका सदस्य श्याम कार्की, समाजसेवी फुटबल प्रेमी अनिता परियार , बिरेन्द्र लाबुङ, बिजेता थेवे खेलाडी रोमी गौचन, पुर्वा शेर्पा, सलमान खान लगायत दर्जनौको न्यूयोर्कवासी नेपालीको बाक्लो उपस्थीती थियो।

वि.सं.२०८२ साउन ४ आइतवार १२:१२ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...