back
CTIZAN AD

१० बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न युनुसलाई आशय पत्र

वि.सं.२०८२ साउन ८ बिहीवार

618 

shares

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकहरुको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि हाउलादर युनुस एण्ड कम्पनीलाई आशयपत्र दिएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै लोन पोर्टफोलियो रिभ्युका लागि बंगलादेशको हाउलादर युनुस एण्ड कम्पनीलाई आशय पत्र दिएको छ ।

बंगलादेशको सो कम्पनीले १० वाणिज्य बैंकको लेखापरीक्षण गर्नका लागि ६२ लाख ५४ हजार ९ सय १२ रुपैयाँ र २ लाख ७१ हजार ६७० अर्थात ३ करोड ७५ लाख ५८ हजार ३७७ रुपैयाँ गरी कुल ४ करोड ३८ लाख ८१ हजार पारिश्रमिक पाउनेछ ।

नेपाल राष्ट्र बैंकका अनुसार अबको ७ दिनभित्र कम्पनीविरुद्ध कुनै पनि मुद्धा मामिला नपरेको खण्डमा कम्पनीले काम अगाडि बढाउन सक्नेछ । १० बैंकको लोन पोर्ट फोलियो रिभ्युका लागि बंगालादेशी कम्पनी यसअघि नै छनौट भएको हो । ७ दिनभित्र कुनै उजुरी नपरे कम्पनीले काम अघि बढाउन सक्नेछ ।

१० बैंकको लोन पोर्टफोलियो रिभ्युका लागि २०८१ पुसमा आवेदन दिएका ६ कम्पनीमध्ये हाउलादर युनुस एण्ड कम्पनी छनौट भएको थियो ।

६ कम्पनीहरुमा श्रीलंकाको Deloitte Partners , बंगलादेशको Howladar Yunus and Co., भारतको KPMG Assurance And Consulting Services LLP, नेपाल-भारतको संयुक्त जेभी कम्पनी Mehra-JKSS-SSBDI-JV, भारतको MSKA and Associates, र भारत-नेपालको संयुक्त जेभी कम्पनी SRBA & B.K Agrawal and Co. रहेका थिए ।

वि.सं.२०८२ साउन ८ बिहीवार १३:०२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...