२४ जेठ, काठमाडौँ । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दे आउका भेट्रान डिफेन्डर पेपेले रियल म्याड्रिड छाड्ने भएका छन् । रियल म्याड्रिडमा करिब ११ वर्ष रियलमा बिताएका पेपे क्लब सँग सम्झौता सकिएपछि क्लब छाड्ने भएका हुन् ।
३४ वर्षिय पेपे सन् २००६मा पोर्चुगिज क्लब पोर्टाेबाट रियल आएका थिए । क्लबले उनको सम्झौता नविकरण गर्न नमानेपछि उनी फ्री ट्रान्सफरमा फ्रेन्च क्लब पिएसजी, इटलियन क्लब इन्टर मिलान वा कुनै इङलिश क्लब आवद्ध हुन लागेका हुन् ।
एक दशक रियलमा बिताएका पेपेले रियलबाट सबैखाले उपाधि जितेका छन् । गत सिजन रियलमा उनको ठाउ राफेल भारान तथा नाचो फर्नान्डेजले लिन् थालेपछि भेरै जसो समय बेन्चमै बस्न बाध्य भएका थिए । पेपेले गत सिजन पोर्चुगलको प्रतिनिधित्व गर्दै युरोकपको उपाधि समेत जितेका थिए ।
वि.सं.२०७४ जेठ २४ बुधवार ०७:४७ मा प्रकाशित
























