back
CTIZAN AD

एनआरएनए सेसेल्सको चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा सिटौला

वि.सं.२०८२ साउन १२ सोमवार

4.9K 

shares

सिसेल्स । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सेसेल्सको एनआरएनए सेसेल्सको चौंथो अधिवेशन सम्पन्न भएको छ ।
राजधानी भिक्टोरिया माहेमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमिति तथा विभिन्न उप–समिति विस्तार गरिएको छ ।

अध्यक्ष मनोज विकको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन एनसीसी सेसेल्सका संस्थापक अध्यक्ष तथा पूर्व आइसिसि अफ्रिकाका उपसंयोजक आर पी पन्तले जुममार्फत उपस्थिति जनाएका थिए भने विशिष्ट अतिथि आइसिसि अफ्रीकाका महिला संयोजक खेसना लिम्बुले गरेकी थिइन् । महाधिवेशनमा भौतिक उपस्थितिका लागि सम्भव नहुनेका लागि जुम अनलाईन मार्फत जोडिने व्यवस्था गरिएको थियो ।

सिटौला बने सर्वसम्मत अध्यक्ष
संस्थाको महाधिवेशनले संस्थाको अध्यक्षमा बलराम सिटौलालाई सर्वसम्मत चयन गरेको छ । साथै उपाध्यक्षहरुमा एकराज सुवेदी, मिरगेन्द्र जंग इंगनाम, प्रेम चन्द र महिला उपाध्यक्षमा पवित्रा भट्टराई चयन भएका छन् ।

त्यसैगरी महासचिवमा ठगेन्द्र घर्ति मगर, सचिवमा केवी शाही कोषाध्यक्षमा खड्ग राज पुन मगर, सहकोषाध्यक्षमा टेक बहादुर थापा (महर), सचिवमा थानेश्वर तिमल्सेना रहेका छन् भने युवा संयोजकमा राजकुमार गिरी, महिला संयोजकमा मिना विश्वकर्मा, प्रवक्तामा जीवन कुमार महर्जन रहेका छन् भने सदस्यहरुमा भावना श्रेष्ठ, खिल बहादुर तामाङ, राजेन्द्र श्रेष्ठ र निशान गिरी रहेका छन् ।

समितिको माहे संयोजकमा बिराट नेपाली (निउरे), उपसंयोजक नेत्र पाण्डे, महिला संयोजक अस्मिता बस्नेत (रन्जिता) चयन भएका छन् भने प्रास्लिन संयोजकमा रिप्लाल वि.क (विकल्प), उपसंयोजक अनुप श्रेष्ठ, महिला संयोजकमा तारादेवी भुजेल (सम्झना) रहेका छन् । साथै लादिग संयोजकमा ज्ञान बहादुर राई, उपसंयोजकमा नकुल सुवेदी र महिला संयोजकमा कल्पना लामा रहेका छन् ।

त्यसैगरी फिलिसिते आइल्याण्डको संयोजकमा राजिब बिक्रम थापा, सेफ आइल्याण्ड संयोजकमा किरण कार्की, देरोस आइल्याण्ड संयोजकमा प्रकाश रेग्मी, प्लाटे आइल्याण्ड संयोेजकमा सानु अधिकारी, स्ते आन आइल्याण्ड संयोजकमा लोक ओड र सोहि क्षेत्रको उपसंयोजकमा नृप सेटि चयन भएका छन् ।

समितिले दुर्गा बहादुर थापा प्रमुख रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । जसको विशेष सदस्यमा कोमल राज पाण्डे र सदस्यहरुमा आरसी राई, पंकज श्रेष्ठ, सबिताा श्रेष्ठ, लिला शाहि, गणेश खड्का, प्रदीप सापकोटाा, ध्यान थुलुङ राई, राजेश फ्रश्वान, तुलसी बस्नेत, सुशील देउजा, निशा सुनुवार, केशव ओली, केशव पन्त, शम्भु खड्का, बम बहादुर कार्की, हरि प्रसाद मैनाली र राजकुमार थापा रहेका छन् ।
समितिको लेखा समिति संयोजकमा विवेक लामा, उपसंयोजकमा सिता गिरी, सदस्यमा बिरु पुन र योगेन्द्र धिमाल रहेका छन् भने सांस्कृतिक तथा मनोरन्जन विभागको संयोजकमा दिनेश पोखरेल, उपसंयोजकमा सुजन श्रेष्ठ, लक्ष्मी गिरी, दिप्ती राना मगर, र्सिजना श्रेष्ठ रहेको पनि निर्वतमान अध्यक्षा मनोज वि.कले संसारन्युजलाई जानकारी दिएका छन् ।

 

वि.सं.२०८२ साउन १२ सोमवार १९:३४ मा प्रकाशित

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत...

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...