back
CTIZAN AD

‘मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बaन गर्नु जरुरी छ’

वि.सं.२०८२ साउन १४ बुधवार

885 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने जरुरी रहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) को १२औँ प्रतिनिधि परिषद् बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले आर्थिक र सामाजिक देखिएका समस्यालाई योजनाबद्ध ढङ्गले समाधान गर्नका लागि तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने धारणा राखे ।

महासचिव पोखरेलले पछिल्लो समयमा तीव्रताका साथ सामाजिक विकास भए पनि त्यही गतिमा आर्थिक विकास हुन नसकेको बताए । उनले कमजोर राज्यले श्रमजीवी वर्गलाई अधिकार सम्पन्न गराउन नसक्ने भन्दै मुलुकलाई बलियो बनाउन श्रमजीवी बलियो बन्नुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले पार्टी नेतृत्व बलियो र पारदर्शी हुनुपर्ने उल्लेख गर्दै पार्टीमा लागू गरिएको ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूल्यमान्यताको विशेषताविपरीत नभएको बताए । “७० वर्ष उमेर हटाउँदा जनताको बहुदलीय जनवाद (जबज)को मूल मान्यतामा कहाँनेर असर पर्दछ?”, उनले प्रश्न गरे, “जबज नपढिकन यसको प्रवक्ता बन्ने खोज्ने प्रवृत्ति छ । पार्टीको लोकतान्त्रिकीकरणको मूल मान्यताबाट पार्टी नेतृत्व तलमाथि भएको छैन ।”

महासचिव पोखरेलले राष्ट्रिय महाधिवेशनमा उम्मेदवार बन्ने सबैको अधिकार सुरक्षित रहेको भन्दै जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरूमा हुने उल्लेख गरे । उनले दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पना बाहिर रहेको विचार राखे । उनले एमालेको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णयले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सम्मानित भएर बस्नुपर्छ भनेर दृष्टिकोण सार्वजनिक गरेको जानकारी दिए ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमको सम्मान भएमात्र मुलुक समृद्धितिर जाने भन्दै सरकारले श्रमिकका समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

वि.सं.२०८२ साउन १४ बुधवार १३:५१ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...