back
CTIZAN AD

कृषि उपज बजार पुर्याउन एम्बुलेन्स

वि.सं.२०८२ साउन १५ बिहीवार

573 

shares

ढोरपाटन (बागलुङं) । कृषि उपज बजार पुर्याउन जैमिनी नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको छ । साथै पालिकाले आगामी भदौदेखि त्यसलाई सञ्चालन गर्ने तयारी थालेको छ ।

सङ्घ सरकारबाट प्राप्त रु २५ लाख र त्यति नै रकम थपेर नगरपालिकाले रु ५० लाखमा एम्बुलेन्स खरिद गरेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । नगरपालिका क्षेत्रमा ५०० वटा कृषि फर्म, कृषि सहकारी र कृषक समूह सक्रिय छन्भने चार हजार परिवार कृषि उत्पादनमा जोडिएका छन् । कृषि एम्बुलेन्स उनीहरूका उत्पादन बजार पुर्याउन उपयोग गरिने छ ।

नगरपालिकाले युवा र किसानलाई व्यावसायिक कृषिमा आकर्षित गर्न अनुदान, तालिम र प्राविधिक सहयोग गर्दै आएको छ । अब बजारीकरणको जिम्मा पनि नगरपालिकाले लिने उपप्रमुख शर्माले बताए ।

नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा कुश्मिसेरामा कृषि उपज सङ्कलन केन्द्र स्थापना गरेको छभने उपल्लो दमेक सर्कुवामा चिस्यान केन्द्र निर्माण गरेको छ ।

वि.सं.२०८२ साउन १५ बिहीवार ११:४९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...