back
CTIZAN AD

भूमिसम्बन्धी समस्या समाधानका लागि अन्तिम आयोगः मन्त्री अधिकारी

वि.सं.२०८२ साउन १६ शुक्रवार

489 

shares

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि समस्या समाधानका लागि अन्तिम आयोग बनाइएकाले त्यसका लागि आवश्यक कानुन छिटो तर्जुमा गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उहाँले राष्ट्रिय भूमि समस्या समाधानका लागि गठन गरिएको आयोगको तीन वर्षे कार्यकालमध्ये एक वर्ष सकिँदा पनि कानुन बनाउन नसकेर काम रोकिएको बताउनुभयो । मन्त्री अधिकारीले छिटो कानुन बनाएर तीन वर्षभित्रमा भूमिसम्बन्धी सबै खालका समस्या समाधान गर्न लागिएकाले सोहीअनुसार सहयोगको अपेक्षा रहेको बताए ।

“सरकारको नाममा लालपूर्जा भएको जग्गामात्र आयोगले भूमिहीनका लागि दिन्छ, राष्ट्रिय निकुञ्जभित्रबाट निकालेर बाहिर ल्याइएका तर हालसम्म जग्गा नपाएकालाई पनि जग्गा दिन सकिने व्यवस्था विधेयकमा गरिएको छ”, मन्त्री अधिकारीले भने,“भूमिहीनसँग सम्बन्धित समस्या समाधान गर्ने प्रयोजनका लागि हुने काममा ७० प्रतिशत जति काम स्थानीय तहलाई नै दिइएको छ । पालिकाले सुरु नगरी आयोगले केही पनि गर्न सक्दैन ।”

विगतमा नापजाँच गर्ने क्रममा सबै जग्गा ननापिएकाले पनि हाल भूमिसम्बन्धी धेरै समस्या रहेको सुनाउँदै उहाँले ती सबै समस्या समाधानका लागि विधेयक छिटो पारित गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गरे । “मुस्ताङामा ५०० रोपनी जग्गामात्र नापिएको थियो, अरु जग्गा नाप्नु पर्दैन भनेर त्यसबेला प्रधानपञ्चले भने रे । जसले गर्दा हाल स्याउ रोप्नेलगायत काममा त्यहाँ समस्या भएको छ”, मन्त्री अधिकारीले भने ।

समितिमा सभापति कुसुमदेवी थापाले भूमिहीनका सबैखाले समस्या छिटो समाधान गर्न कानुनलाई अन्तिम रूप दिन विज्ञहरूसँग छलफल गरिएको जानकारी दिनुभयो । उहाँले शुक्रबार पनि वन, भूमि, कृषिलगायत मन्त्रालयका अधिकारीलाई राखेर भूमि विधेयकका विषयमा छलफललाई निरन्तरता दिने सुनाए ।

बैठकमा सांसदहरू अशोककुमार चौधरी, शान्ति विक, प्रतिमा गौतम, सूर्यकुमारी श्रेष्ठ, रञ्जिता श्रेष्ठ, भानुभक्त जोशी, सरस्वती सुब्बा, बिजुला रायमाझी, आशा विकलगायतले भूमि समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने, भूमाफियालाई सहयोग हुने गरी कानुन बनाउन नहुने, हालसम्म गठन भएका आयोगले वितरण गरेका जग्गाको विवरण यकिन हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।

आयोगका अध्यक्ष हरिप्रसाद रिजालले १२ लाख १९ हजार ५९६ भूमिहीनको निवेदन प्राप्त भएको जानकारी दिँदै तिनको व्यवस्थापनको काम गर्न आवश्यक कानुनी व्यवस्थाका लागि पनि विधेयक छिटो पारित हुनुपर्ने बताए ।

आयोगका सदस्य अनिलकृष्ण प्रसाईले कानुन बनाएर काम गर्ने वातावरण नबनाउने हो भने आयोगलाई बिघटन गर्नुको विकल्प नरहेको बताए । आयोगमा नियुक्त भएपछि ३८ जिल्लाका ६० वटा पालिकामा पुगेर समस्या समाधानका लागि अध्ययन गरिएको उनले जानकारी दिए ।

भूमि अधिकारका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिले पनि समस्या समाधानका लागि सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले विगतमा कानुनबिना आयोग गठन गरिँदा समस्या समाधान हुन नसकेकाले यसपटक कानुनी अधिकार दिएर समस्या समाधानका लागि सांसदको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए ।

वि.सं.२०८२ साउन १६ शुक्रवार १२:१७ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...