back
CTIZAN AD

विषाक्त खानाका कारण २७ जना बिरामी

वि.सं.२०७४ जेठ २४ बुधवार

849 

shares

२४ जेठ, दमक  । पूजाको भतेर खाँदा आज झापा शिवसताक्षी नगरपालिका–१० स्थित माइधारका २७ जना बिरामी परेका छन् ।

स्थानीय नेत्र दाहालको घरमा भतेर खाएका एकैसाथ बिरामी परेका हुन् । माइधारका स्वास्थ्यकर्मी दीपक पौडेलले भतेर खाएकालाई लगातार बान्ता हुने, पखाला चल्ने र पेट दुख्ने समस्या देखिएको बताउनुभयो ।

बिरामी हुनेहरुमा चार वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्म छन् । हाल उनीहरुको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । केहीको माइधारका विभिन्न निजी क्लिनिकमा उपचार भइरहेको छ ।

बिरामी पर्नेहरुमा आसिष लिम्बू, सोमप्रसाद राई, विजय राई, सोनु राई, एस्तर राई, अनिता श्रेष्ठ, धनबहादुर राई, सोममाया राई, विद्या भण्डारी, बन्दना लिम्बू, इशा कार्की, निशा कार्कीलगायत रहेका छन् ।

भतेरमा गएकाहरुले पुलाउ, मासु र चिसो पेय पदार्थ खाएका थिए । आम्दा अस्पतालका डा आलोक कुमारका अनुसार बिरामीहरुको प्रारम्भिक परीक्षणबाट ‘फुट पोइजन’कै कारण स्वास्थ्यमा समस्या आएको देखिएको छ । रासस

वि.सं.२०७४ जेठ २४ बुधवार १४:५३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...