back
CTIZAN AD

पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ

वि.सं.२०७४ जेठ २५ बिहीवार

885 

shares

२५ जेठ, बुटवल । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ ।

नेपालबाट भारतीय बजारमा पु¥याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेकजाँच गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो ।

सीमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शङ्का लागेर खोजतलास गर्दा संवेदनशील अङ्गमा लुकाएको अफिम फेला पारेको हो । पक्राउ पर्नेमा दाङ घोराहीकी २७ वर्षीया विषमाया बुढामगर, दाङ लालमटियाकी २१ वर्षीया सकुन्तला बुढामगर र सोही ठाउँकै १९ वर्षीया कामना पुनमगर रहेका छन् ।

दाङमा स्नातक तहमा अध्ययन गर्दै गरेका युवतीले अपरिचित व्यक्तिको फोनको इसारामा रु १५ हजार दिने सर्तमा बुटवलबाट सुनौलीसम्म अफिम पु¥याउने जिम्मा लिएको उनीहरुले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

बरामद गरेको अफिमको अन्तर्राष्ट्रिय मूल्य करिब रु दुई करोड ५० लाख पर्ने इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।

वि.सं.२०७४ जेठ २५ बिहीवार ०३:१३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...