back
CTIZAN AD

वीरगञ्जमा उपचारका क्रममा कैदीको मृत्यु

वि.सं.२०८२ साउन २७ मंगलवार

573 

shares

वीरगञ्ज (पर्सा) । यहाँस्थित वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहानदेखि छाती दुख्ने र फुल्ने समस्या देखिएपछि कैदी साहलाई नारायणी अस्पताल पु–याएको र उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख खिमराज भुसालले जानकारी दिए । साह विसं २०७९ देखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आइरहेका थिए ।

पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा आफन्तले विरोधस्वरुप प्रदर्शनीमा उत्रिएको जानकारी दिए । उनले भने, “अस्पताल परिसरमा पर्याप्त सुरक्षाकर्मी खटाएर शान्तिसुरक्षा कायम गर्ने प्रयास गरिरहेका छौँ ।”

वि.सं.२०८२ साउन २७ मंगलवार १६:०५ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...