back
CTIZAN AD

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

वि.सं.२०८२ भदौ ३ मंगलवार

663 

shares

काठमाडौँ । हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।

काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाउनुभयो । मन्त्री गुरुङले विभागले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

उनले भने, “हुलाक टिकटले इतिहास जोगाउँछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन मद्दत गर्छ ।”

सरदार पाँडे देशभक्त काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तती हुन् । पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत थिए । प्रशासन, कुटनीतिक, लेखनलगायत समाजसेवामा पाँडेले गरेको योगदानको सम्मान स्वरुप हुलाक टिकट प्रकाशन गरिएको मन्त्री गुरुङले बताउनुभयो । यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई प्रेरणासमेत मिल्ने उनकोे भनाइ छ ।

विभागले पछिल्लो समय देशभक्त र राजनीतिज्ञसँगै समाजमा लोपोन्मुख रैथाने बाली, संस्कृति, परम्परा र जनजीवनका तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गरी प्रचारप्रसार गर्न थालेको छ ।

कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्त र छोराछोरी सहभागी थिए । जसमा उनका माइला छोरा हिमालय पाँडेले बुुबा भीमबहादुर पाँडेको नाममा हुलाक टिकट प्रकाशन गरिनुले राष्ट्रबाट पुरै परिवार नै सम्मानित भएको महसुस गरेको बताए ।

सञ्चार सचिव राधिका अर्यालले सरदार भीमबहादुरको जीवनी, सङ्घर्ष र योगदानबाट आफू सधैँ प्रेरित रहेको बताए ।

विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले सरदार पाँडेजस्ता राष्ट्रसेवकको नामको हुलाक टिकट प्रकाशन गरिनु सिंगो मुलुकको ऐतिहासिक दस्तावेजको संरक्षण गरिनु रहेको बताए ।

वि.सं.२०८२ भदौ ३ मंगलवार १२:४४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...