back
CTIZAN AD

शैक्षिक गुणस्तर सुधार गर्दै बेदकोट नगरपालिका

वि.सं.२०८२ भदौ ३ मंगलवार

1.7K 

shares

दोधारा चाँदनी (कञ्चनपुर) । चार वर्षअघि यहाँको बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयको कक्षा १२ को नतिजा कमजोर थियो । पाँच प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।

२०७८ सालको परीक्षामा यहाँका पाँचवटा सामुदायिक विद्यालयबाट ५०९ विद्यार्थी परीक्षामा सहभागी थिए । जसमध्ये २८ जना मात्रै ‘सी ग्रेड’मा उत्तीर्ण भए । तीन विद्यालयको नतिजा शून्य थियो ।

विसं २०७९ पछि नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य लिएर काम सुरु ग–यो । पछिल्ला तीन वर्षमा यहाँका सामुदायिक विद्यालयको नतिजामा सुधार भएको छ । २०७९ सालमा उत्तीर्ण दर १० प्रतिशत पुग्यो । ग्रेडमा समेत सुधार भयो । २०८० सालमा विद्यार्थीको नतिजामा थप सुधार भइ २९.४ प्रतिशत प्राप्त भयो । उक्त सालको परीक्षामा ३५० विद्यार्थीमध्ये १०३ जना उत्तीर्ण भए ।

विसं २०८१ को परीक्षामा ४२१ जना विद्यार्थीमध्ये २१५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा ‘ए’ ग्रेड ल्याउने विद्यार्थी १७ जना छन् । त्यसैगरी, ‘बी’ ल्याउने ५९, ‘बी प्लस’ ल्याउने ११६ र ‘सी’ ग्रेड ल्याउने २० जना छन् । सामुदायिक विद्यालयले उत्तीर्ण दर ५१ प्रतिशत प्राप्त ग¥यो ।

यहाँको बैजनाथ माध्यमिक विद्यालय जडेपानीका प्रधानाध्यापक नवराज पन्तले विद्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिएको जानकारी दिए । “हामीले कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरेका छौँ,” प्रधानाध्यापक पन्तले भने, “आन्तरिक मूल्याङ्कन र साप्ताहिक अभिभावक भेटघाट अनिवार्य गरेका छौँ, यसले अभिभावकलाई समेत जिम्मेवार बनाएको छ ।”

पछिल्ला तीन वर्ष यता सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले जानकारी दिए । उनले २०७९ सालपछि कक्षा १० र कक्षा १२ का विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न प्रत्येक विद्यानलयलाई पालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेका बताए । “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हामीले तीन वर्षमा अत्यन्तै मेहनत ग¥यौँ”, नगरप्रमुख बोहराले भने, “हाम्रो प्रयासपछि अहिले गुणस्तरमा उल्लेख्य सुधार भएको छ विद्यालयको नतिजा पाँच प्रतिशतबाट ५१ प्रतिशतमा पु¥याउन सफल भएका छौँ ।”

वि.सं.२०८२ भदौ ३ मंगलवार १३:०२ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...