back
CTIZAN AD

फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

वि.सं.२०८२ भदौ ३ मंगलवार

867 

shares

स्याङ्जा । वालिङ नगरपालिकाबाट सङ्कलन हुने फोहरजन्य वस्तु बिक्रीबाट चालु आवको हालसम्म रु पाँच लाख ५३ हजार आम्दानी भएको छ ।

फोहर व्यवस्थापनका लागि वालिङ नगरपालिकामा काम गर्दै आएको दिदीबहिनी समाज उत्थान संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीका अनुसार रु एक लाख ५० हजार बराबरको फोहरजन्य वस्तु बिक्री गर्ने तयारी भइरहेको छ ।

वालिङ नगरपालिकामा उत्पादन हुने फोहरजन्य वस्तुको बिक्रीबाट अघिल्लो आवमा रु तीन लाख ७९ हजार र गत आवमा रु पाँच लाख १० हजार आम्दानी भएको थियो । फोहरको व्यवस्थापनका लागि वालिङ नगरपालिका र दिदीबहिनी समाज उत्थान संस्थाबीच सार्वजनिक निजी साझेदारीमा २०७१ असोजमा चार वर्षका लागि सम्झौता भएको थियो ।

“घरघरबाट उत्पादन हुने फोहरजन्य वस्तुलाई वर्गीकरण गरी सङ्कलन गरिन्छ,” अध्यक्ष भण्डारीले भने । फोहरजन्य वस्तु उत्पादन हुनासाथ कुहिने र नकुहिने दुई भागमा वर्गीकरण गरी त्यसलाई प्रशोधन केन्द्रमा लगेर प्रशोधन गरी बिक्री गरिन्छ । फोहरजन्य वस्तु व्यवस्थापन गर्न पाँच जनाले रोजगारी समेत पाएका छन् । वालिङलाई सफा र स्वच्छ सहरका रुपमा विकास गर्नका लागि यहाँका नगरवासीलाई फोहरमैला व्यवस्थापनसम्बन्धी तालिम समेत प्रदान गरिँदै आएको छ ।

“घरघरबाट कुहिने र नकुहिने फोहर छुट्टयाउन लगाउँछौँ,” अध्यक्ष भण्डारीले भने, “कुहिनेलाई घरमै कम्पोस्ट मल बनाउन सिकाउने र नकुहिनेलाई खरिद गर्ने व्यवस्था मिलाउँछौँ ।” उक्त फोहरजन्य वस्तु प्रशोधन तथा खरिद बिक्री केन्द्रले भैरहवा तथा बुटवलमा लगेर बिक्री गर्दैआएको छ ।

वि.सं.२०८२ भदौ ३ मंगलवार १३:२८ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...