back
CTIZAN AD

देशका विशिष्ट व्यक्तिहरुबाट नाडा अटो सो २०२५ को अवलोकन

वि.सं.२०८२ भदौ ८ आइतवार

498 

shares

काठमाण्डौं । नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस वर्ष, केवल ४ दिनमै १,०४,३४७ दर्शकले अवलोकन गरिसकेका छन्। यो तथ्यांकले नेपाली जनता नविन प्रविधिहरु र यस अटो शो प्रति धेरै चासो र जिज्ञाशा राख्ने प्रष्ट भएको छ।
यस नाडा अटो शो मा देशका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्र्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल, प्रतिनिधि सभा सदस्यहरु योगेश भट्टराई, हरि ढकाल, शिशिर खनाल, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले अवलोकन गरेका छन् ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णवहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकवहादुर तामाङ्गज्यू, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रवहादुर क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव महेशकुमार भट्टराईज्यू, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्सालज्यू, यातायात व्यवस्था विभागका निर्देशक श्री नरहरी तिवारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलज्यू, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेवलभमेण्ट वोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, कृषि विकास बैकंका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले पनि प्रदर्शनीको अवलोकन गरेका थिए ।

सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, सार्वजनिक यातायातको केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, नेपाल बंैकर्स एशोसिएशनका उपाध्यक्ष सुरेन्द्र रेग्मीज्युु, युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री कमल गौतमज्यू, नेप्लिज योङ्ग इण्टरप्रेनर्स फोरमका अध्यक्ष सुदिप घिमिरे र महिला राष्ट्रिय फुटवल कप्तान सवित्रा भण्डारी लगायतले नाडा अटो शो २०२५ को अवलोकन गरेका छन् ।

यसै क्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुली र अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ताको प्र्र्रतिनिधी मण्डलले नाडा अटो शो अवलोकन गरेका छन् । अवको बाँकी दुई दिनमा अन्य विशिष्ट व्यक्तीहरुले पनि अवलोकन गर्ने अपेक्षा राखिएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले यो उपलब्धिलाई एउटा शुभारम्भको रूपमा लिएको बताए । ‘यो अटो शोलेले हाम्रो अपेक्षामा अझ बृद्धि भएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ’, उनले भने, ‘यस ऐतिहासिक सफलतामा योगदान पुर्याउनु भएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाकोतर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं ।’

वि.सं.२०८२ भदौ ८ आइतवार ११:५३ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...