back
CTIZAN AD

काभ्रे प्रशासनद्वारा कर्फ्यूको समय लम्ब्याइयो

वि.सं.२०८२ भदौ २६ बिहीवार

1.1K 

shares

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कफ्र्यूृको समयलाई आज पनि निरन्तरता दिएको छ । समय थप गरी जारी कफ्र्यू आदेशमा आज बिहान १० देखि साँझ ५ बजेसम्म र पुनः साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालद्वारा हस्ताक्षरित कफ्र्यू आदेशमा स्थानीय प्रशासन ऐनबमोजिम जिल्ला सुरक्षा समितिको आज बिहानको निर्णयानुसार जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । आदेशमा जिल्लाभर पाँच जनाभन्दा बढी मानिस जम्मा हुन, आवतजावत गर्न, कुनै पनि प्रकारको भेला–जुलुस प्रदर्शन, सभा र घेराउ गर्न नपाउने उल्लेख गरिएको छ ।

यस्तै, अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शववाहन, औषधि, दूध र तरकारी बोक्ने सवारीसाधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पर्यटक र अन्तरराष्ट्रिय हवाई टिकट भएका यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने ढकालले बताए ।

यसअघि जिल्लामा सोमबार राति १० बजेदेखि पटकपटक समय थप गरी आज बिहान ६ बजेसम्म कफ्र्यू आजेश जारी गरिएको थियो । स्थानीय प्रशासनद्वारा कफ्र्यू आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न परिचालन भएका हुन्

 

वि.सं.२०८२ भदौ २६ बिहीवार १४:३१ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...