back
CTIZAN AD

आगलागी तथा तोडफोड भएपछि जनकपुरधामको सरकारी कार्यालयहरुको सेवा प्रवाहमा समस्या

वि.सं.२०८२ भदौ २६ बिहीवार

1.7K 

shares

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरमा भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा भएको प्रदर्शनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी भएपछि सेवा प्रभावित भएको छ ।

‘जेनजी’ पुस्ताका नाममा भएको सो प्रदर्शनमा जनकपुरका सरकारी कार्यालयहरूमा तोडफोड एवं आगजनी हुँदा सेवा प्रभावित भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

स्थानीय जनतालाई दैनिक प्रत्यक्ष रुपमा सेवा दिने सङ्घीय, प्रदेश तथा स्थानीयअन्तर्गत निकायका कार्यालयहरुको कम्प्युटर, इन्टरनेट सेवा तथा फाइलहरुमा आगलागी तथा तोडफोड भएपछि सेवा प्रभावित भएको धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिए ।

कर्मचारीहरु कार्यालय पुगे पनि काम गर्न सक्ने अवस्था नभएको र यथासक्य कामकाजलाई सहज बनाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले स्पष्ट गरे । उनका अनुसार अधिकांश कार्यालयहरु जलेर कालो भएका, फर्निचर क्षतिग्रस्त अवस्थामा रहेका, कार्यकक्षका कम्प्युटर एवं दराजसहित कार्यालयका सवारी साधन आगोले जलेका अवस्थामा देखिन्छ ।

प्रदर्शनका क्रममा जनकपुरमा एक दर्जनभन्दा बढी कार्यालहरुमा क्षति पुगेको छ । यस्तै विभिन्न पार्टीका कार्यालय भवन, सार्वजनिक भवन तथा पार्टीका नेताहरुको घरमा समेत आगजनी भएको जिल्ला प्रसाशन कार्यालय धनुषाले जनाएको छ । धनुषा जिल्लामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी आचार्यले आगलागीले कार्यालयहरुमा रहेका कम्प्युटर, कुर्सीटेवल, दराज, सोफा, महत्वपूर्ण फाइल तथा महत्वपूर्ण दस्तावेजहरु पूर्ण रुपमा जलेर नष्ट भएकाले कार्यालयहरुको कार्य सञ्चालनमा समस्या देखिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

प्रदर्शनकारीका कारण जनकपुरधामस्थित जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात कार्यालय, भन्सार कार्यालय, जिल्ला ट्राफिक कार्यालय, प्रहरी चौकीहरु, मधेस प्रदेश भवनभित्र रहेका मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, सिँचाइ मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, मधेस प्रदेश सरकारको कृषि मन्त्रालयसहितका सरकारी कार्यालयको कामकाज प्रभावित भएको देखिन्छ ।

यसैगरी प्रदेशसभा भवन, जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडा तथा नेताका भवन, सार्वजनिक भवन तथा विभिन्न पार्टीका कार्यालय भवनमा आगो लगाएर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाका नायब प्रहरी उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो । यसैबीच धनुषा जिल्लामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरु आज पनि बन्द रहेका छन् । यसबाट समग्र जिल्लावासीको जनजीवन प्रभावित भएको छ । जिल्लामा शान्तिसुरक्षा, अमनचयन कायम गर्नका लागि नेपाली सेनाले ठाउँठाउँमा सुरक्षाका लागि अनुगमन तथा ‘माइकिङ’ गरिरहेको पाइएको छ ।

वि.सं.२०८२ भदौ २६ बिहीवार १४:५२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...