काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ ।
आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् । यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् ।
वि.सं.२०८२ भदौ २९ आइतवार १२:०५ मा प्रकाशित






























