back
CTIZAN AD

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

वि.सं.२०८२ भदौ २९ आइतवार

801 

shares

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र थासाङ गाउँपालिका—४ स्थित काभ्रेभीरमा गएराति सडक माथिबाट सुक्खा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध बनेको बेनी–जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

काभे्रभीर सडकमा करिब ५० मिटर सडकमा सुक्खा पहिरो जाँदा सडक ट्रयाकमा क्षति पुगेको सुपरभाइजर शेरचनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बेनी—जोमसोम सडकको काभ्रेभीरमा ठूला चट्टानसहितको सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको बताए । अहिले डोजरको सहयोग पहिरो हटाउने काम भइरहेको उनकोे भनाइ छ ।

वि.सं.२०८२ भदौ २९ आइतवार १३:०१ मा प्रकाशित

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...