back
CTIZAN AD

म अर्गानिक बुद्धिजीवी भइन

वि.सं.२०८२ असोज २ बिहीवार

2.1K 

shares

समाज चेतनाको बाहक भनिन्छ बुद्धिजीवीलाई,
लोकतन्त्रमा त ‘वाच डग’ भनिन्छ बुद्धिजीवीलाई,

तर म ग्राम्सीले भनेझै अर्गानिक बुद्विजीवी थिइन,
म त बुद्धिजीवीको नामबाट,
दलका नेताको कोटाबाट,
न्यायालय,संबैधानिक अंग,राजदूत लगायतका निकायमा
राजनीतिक नियुक्तिका लागि वायोडाटा छोडदै हिडने मानिस परे,
उपकुलपति, रेक्टर, क्याम्पस चिफका लागि नाम दर्ज गर्दै हिड्ने मानिस परे,
म त मन्त्रीहरु नियुक्ति हुने बित्तिकै स्वकीय सचिवालयमा छिर्न चांजोमाझो मिलाउने मानिस परे,

म मात्रै कहाँ होर ?
हाम्रो संगठनको नेतृत्व पनि
यस्तै यस्तै राजनीतिक नियुक्तिका लागि लविङ्ग गर्दै हिडेको थियो,

यति मात्रै होइन राष्ट्रिय हित विपरीतका एमसीसी, जलश्रोत सन्धि संझौता गर्दा,
अनि विदेशीलाई अंगिकृत हुदै बंशजको नागरिकता दिने कानुन लागु गर्दा पनि
म र हामी त यतातिर ध्यान दिन नै पाएनौं ,

तर अर्गानिक बुद्धिजीवीहरु सरकारलाई आलोचना गरिरहन्थे,
तर म र हामी भने हाम्रै काममा लाग्दा लाग्दै देश त वर्वादै भएछ,
अलिकति आलोचनात्मक चेत राखेर देश विकासका लागि आवाज उठाएको भए ,
देशमा यस्तो गरिबी, बेरोजगारी,  अनियमितता र भ्रष्टाचारको यस्तो बेहालत त हुने थिएन,
आखिर ति अर्गानिक बुद्धिजीवीका आवाज ठिक रहेछन,
तर म।।।
तर म अर्गानिक बुद्धिजीवी हुन सकिन ।

२०८२/०६/०२ गते

वि.सं.२०८२ असोज २ बिहीवार ०८:४५ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...