back

बाढी तथा पहिरोबाट पीडित परिवारलाई राहत सामग्री सहयोग

वि.सं.२०८२ असोज २१ मंगलवार

417 

shares

असोज । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी तथा पहिरोबाट पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत आज राहत सामग्री त्यसतर्फ पठाएको सो मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिए । स्थलमार्गबाट राहत पठाउन नसकिएपछि हेलिकोप्टरमार्फत उक्त सामग्री पठाएको उनले बताए ।

प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्री, कम्बल, त्रिपाललगायत सामग्री इलाम पठाएको मन्त्रालयको विपद् व्यवस्थापन शाखाका अधिकृत सदानन्द भट्टराईले जानकारी दिए । प्रदेश सरकारले यही असोज १७ र १८ गते आएको बाढी र पहिरोका कारण विस्थापित भएकाको उद्धारकार्य पछि राहत सामग्री पठाएको हो ।

बाढी र पहिरोका कारण इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो । रासस

वि.सं.२०८२ असोज २१ मंगलवार १४:२० मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन ।...