back

सार्वजनिक सम्पत्ति क्षतिको आरोपमा बालेन र सुदनविरुद्ध जाहेरी दिने तयारी

वि.सं.२०८२ असोज २२ बुधवार

468 

shares

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशभर जाहेरी दिने भएको छ।

अखिलका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले उनीहरूलाई जिम्मेवार ठहर गर्दै कारबाही गर्नुपर्ने मागसहित जाहेरी दर्ता गर्ने तयारी गरिएको हो।

अखिलका महासचिव दीपक धामीले अदालत र प्रहरी चौकीलगायत स्थानमा तोडफोड र आगजनी भएको दाबी गर्दै भने, “देशैभरका जिल्ला प्रहरी कार्यालयमा आजदेखि जाहेरी दिन सुरु गर्नेछौं।”

यसअघि मंगलबार अखिलले काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता गर्ने प्रयास गरे पनि प्रहरी प्रशासनले तत्काल दर्ता नगरी सरकारी वकिलसँग छलफल गर्ने निर्णय गरेको थियो। प्रहरीले यसबारे २४ घण्टाभित्र जवाफ दिने जनाएको छ।

वि.सं.२०८२ असोज २२ बुधवार १४:१३ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज बुधवार : तपाईंको राशिफल कस्तो छ ?

आज बुधवार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...