back
CTIZAN AD

सार्वजनिक सम्पत्ति क्षतिको आरोपमा बालेन र सुदनविरुद्ध जाहेरी दिने तयारी

वि.सं.२०८२ असोज २२ बुधवार

921 

shares

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशभर जाहेरी दिने भएको छ।

अखिलका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले उनीहरूलाई जिम्मेवार ठहर गर्दै कारबाही गर्नुपर्ने मागसहित जाहेरी दर्ता गर्ने तयारी गरिएको हो।

अखिलका महासचिव दीपक धामीले अदालत र प्रहरी चौकीलगायत स्थानमा तोडफोड र आगजनी भएको दाबी गर्दै भने, “देशैभरका जिल्ला प्रहरी कार्यालयमा आजदेखि जाहेरी दिन सुरु गर्नेछौं।”

यसअघि मंगलबार अखिलले काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता गर्ने प्रयास गरे पनि प्रहरी प्रशासनले तत्काल दर्ता नगरी सरकारी वकिलसँग छलफल गर्ने निर्णय गरेको थियो। प्रहरीले यसबारे २४ घण्टाभित्र जवाफ दिने जनाएको छ।

वि.सं.२०८२ असोज २२ बुधवार १४:१३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...