back
CTIZAN AD

बीमितको हितका लागि पेशागत अभिकर्ता संघ र हिमालयन लाइफको विरोध कार्यक्रम

वि.सं.२०८२ असोज २७ सोमवार

804 

shares

काठमाडौं । बीमितको अधिकार र हित सुनिश्चित गर्न माग गर्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल र हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको संयुक्त आयोजनामा काठमाडौंमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बीमितले पाउने न्यूनतम बोनस दर प्रति हजार ५० रुपैयाँ हुनुपर्ने मागसहित सात बुँदे मागपत्र सार्वजनिक गरिएको हो ।

कार्यक्रममा वक्ताहरूले बीमा व्यवसायमा पारदर्शिता र समानताको अभावले बीमितको विश्वास घट्दै गएको उल्लेख गर्दै तत्काल सुधारका कदम चाल्न आग्रह गरे ।

उनीहरूले प्रतिस्पर्धी कम्पनीहरूमा जस्तै बोनस दर कायम गर्न, व्यवस्थापनको लापरवाही नियन्त्रण गर्न र बीमक समिति तथा नियामक निकायले निगरानी भूमिका सशक्त बनाउनुपर्ने माग गरे ।

संघले जारी गरेको सात बुँदे मागमा बीमितको सर्वोपरी हित कायम गर्न, बोनस दर बराबरी गर्न, व्यवस्थापनको लापरवाही नियन्त्रण गर्न, वेथिती र भेदभावपूर्ण नीतिको अन्त्य गर्न, असक्षम सि.इ.ओ.को राजीनामा गराउन र बीमितमाथिको विश्वासघात रोक्नुपर्ने उल्लेख छ ।

विरोध कार्यक्रममा सहभागीहरूले “बीमितको विश्वासमाथिको खेलबाड बन्द गर”, “अक्षम सि.इ.ओ. राजिनामा गर” जस्ता नाराबाजी गर्दै बीमा क्षेत्रमा देखिएको अन्याय र भेदभावको विरोध जनाएका थिए ।

वि.सं.२०८२ असोज २७ सोमवार १६:३६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...