back

जेनजीको आन्दोलनपछि देउवाको पहिलो वक्तव्य: “सरकारले निर्वाचनको वातावरण बनाओस्”

वि.सं.२०८२ असोज २८ मंगलवार

786 

shares

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् । उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएर सम्बोधन पनि दिएका छन् ।

देउवाले सम्बोधनका क्रममा गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सभापति देउवाले फागुन २१ गते निर्वाचनको मिति घोषणा भए पनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुन नसकेको उल्लेख गर्दै सबै दलको सहभागिता सुनिश्चित गर्न सरकारलाई आवश्यक कदम चाल्न सुझाएका छन् ।

देउवाले भने, “सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ । तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सके मात्र सबै दलहरू निर्वाचनमा सहभागी हुने अवस्था बन्छ । त्यसतर्फ सरकारको ध्यान जानुपर्छ ।”

उनले निर्वाचनको वातावरण निर्माणमा ढिलाइ भए राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रियामा असर पर्न सक्ने चेतावनी पनि दिएका छन् ।

 

वि.सं.२०८२ असोज २८ मंगलवार १५:५३ मा प्रकाशित

Himalayan Life AD
सन्तोष परियारले छाडे रास्वपा

सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्...

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...