back
CTIZAN AD

लालझाडीमा करिब ३० करोडको सडक कालोपत्र सुरु

वि.सं.२०८२ असोज ३० बिहीवार

630 

shares

कञ्चनपुर । लालझाडी गाउँपालिकामा विश्व बैङ्कको करिब ३० करोड रुपैयाँको अनुदानमा सडक स्तरोन्नति कार्य सुरु गरिएको छ ।

प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव ६ किलोमिटर सडक कालोपत्र हुने भएको हो । गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार यसका लागि ठेक्का सम्झौता गत वैशाखमै भएको हो ।

उनी भन्छन्, “सडक कालोपत्र कार्यका लागि डुकुचु–अनक–जोशी जेभीसँग ठेक्का सम्झौता भइसकेको छ, अब केही दिनभित्रै निर्माण सुरु हुन्छ ।”

सडकको पाँच मिटर चौडाइमा कालोपत्र हुनेछ भने नालासहित आठदेखि १० मिटरसम्मको चौडाइ रहनेछ । निर्माण कार्य आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको अध्यक्ष रानाले बताए ।

सडक कालोपत्र भएपछि पूर्वतर्फ सुदूरपश्चिम प्रदेशको सदरमुकाम धनगढी र पश्चिमतर्फ जिल्ला सदरमुकामसम्मको आवागमन सहज हुने गाउँपालिकाको विश्वास छ ।

प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमका व्यवस्थापक रामचन्द्र खत्रीका अनुसार जग्गा समस्या भएका क्षेत्रमा प्रभावित परिवारसँग छलफल भई समाधानको प्रयास भइरहेको छ ।

वि.सं.२०८२ असोज ३० बिहीवार ०७:०९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...