back
CTIZAN AD

एमाले बैठकमा ओली प्रतिवेदनमाथि छलफल जारी

वि.सं.२०८२ असोज ३० बिहीवार

927 

shares

काठमाडौं । नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि ललितपुरको जावालाखेलमा जारी छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा र सुझाव राखिरहेका छन्। पार्टी प्रचार–प्रसार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारको बैठकमा करिब ५० केन्द्रीय सदस्यले आफ्नो विचार व्यक्त गरेका थिए।

प्रत्येक सदस्यलाई बोल्न तीन मिनेट समय दिइएको छ र बोल्ने पालो वर्णानुक्रम अनुसार उल्टोतिरबाट (ज्ञ बाट) तोकिएको छ।

अध्यक्ष ओलीले आगामी मङ्सिर २७–२९ गते पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव पनि बैठकमा पेश गरेका थिए। बैठकमा सदस्यहरूको सुझाव सुनेपछि पदाधिकारीहरूले पनि धारणा राख्ने कार्यक्रम तय गरिएको छ। अन्तमा अध्यक्ष ओलीले सबै सुझाव र जिज्ञासाको एकैपटक जवाफ दिने तयारीमा छन्।

वि.सं.२०८२ असोज ३० बिहीवार १०:४४ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...