काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गरेको छ । सुन तोलामा २ हजारले बढेको छ भने चाँदी पनि ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ भने हिजो दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २७५ रुपैयाँमा पुगेको छ ।
वि.सं.२०८२ असोज ३० बिहीवार ११:०३ मा प्रकाशित




























