back
CTIZAN AD

माछापुच्छ्रे आधार शिविर माथि हिमपात

वि.सं.२०८२ कात्तिक ११ मंगलवार

642 

shares

गण्डकी । कास्कीको अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गत माछापुच्छ्रे आधार शिविर माथि अन्नपूर्ण आधार शिविर क्षेत्रमा हिमपात भएको छ ।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सोमबार बेलुकादेखि हिमपात भएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनरास गुरुङले जानकारी दिए । तिहारलगत्तै यस क्षेत्रमा पदयात्रा लागि आउने पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा बढेको जानकारी दिँदै उनले विदेशीभन्दा स्वदेशी पर्यटकको आकर्षण बढिरहेको बताए ।

हिउँ सामान्य परेका कारण पदयात्रामा आएका पर्यटकलाई कुनै अहसजता भने नभएको उहाँको भनाइ छ । तिहारलगत्तै अन्नपूर्ण क्षेत्रमा पदयात्राको क्रम बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रविन कडरियाले जानकारी दिए ।

कास्कीतर्फको अन्नपूर्ण आधार शिविरमा सोमबार पुगेका पर्यटक तल झरिसकेको उनले जानकारी दिए । “कास्कीको अन्नपूर्ण आधार शिविरदेखि माछापुच्छ«े आधार शिविरसम्म हिउँ परेको छ”, उहाँले भन्नुुभयो, “त्यहाँभन्दा तल्लो क्षेत्रमा पानी परेको छ, पदयात्रामा जाने पर्यटकलाई सजगता अपनाउन आग्रह गरेका छौँ ।”

तिहारयता अन्नपूर्ण आधार शिविरमा आउने पर्यटकमध्ये ८० प्रतिशत आन्तरिक र २० प्रतिशत विदेशी रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए ।

वि.सं.२०८२ कात्तिक ११ मंगलवार १३:३२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...