back
CTIZAN AD

न्युयोर्कमा मनाइयो बलिहाङ्

वि.सं.२०८२ कात्तिक १३ बिहीवार

2.4K 

shares

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत राईहरुको महान पर्व बलिहाङ चाड मनाइएको छ ।

उक्त अवसरमा देउसी भैलो आयोजना गरी एकअर्कामा शुभकामना आदान– प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष अरुण राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम न्युर्योकको ज्याक्सन हाइट क्विन्समा भएको थियो । अध्यक्ष राईले कार्यक्रममा सहभागी सबैलाई बलिहाङको शुभकामना दिएका थिए ।

त्यसैगरी संस्थाका न्युयोर्क च्याप्टरका वरिष्ठ उपाध्यक्ष तथा कलाकार संघ अमेरिकाकी अध्यक्ष बसन्ती राईको स्वागत मन्तव्य रहेको थियो भने जनजाति महासंघ नेपालका पूर्वउपाध्यक्ष डुण्डु ढोक्पाको प्रमुख आतिथ्यता रहेको थियो । उनले शुभकामना मन्तव्यका क्रममा सरकारले आदिवासी जनजाति तथा पिछडिएको समुदायको अधिकार, भाषा, धर्म, संस्कार, संस्कृति संरक्षणका लागि ध्यान नदिएको तथा आवश्यक सहयोग नगरेको बताए ।

कार्यक्रमका विशेष अतिथि आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाका अध्यक्ष तोरण गुरुङले बलिहाङका बारेमा चर्चा गर्दै उपस्थित सबैलाई शुभकामना दिएका थिए । साथै हामी नेपाली ग्लोवलका वरिष्ठ उपाध्यक्ष तथा न्युर्योक मेयर इरिकका सल्लाहकार तथा दिलकुमारी फाउन्डेशनका संस्थापक नवराज केसी, फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामा, फिप्नाका क्षेत्रिय उपाध्यक्ष पुर्ण मगर, फिप्नाका महिला उपाध्यक्ष र संस्थाका न्युयोर्क च्याप्टरको निर्वतमान सभापति तथा संस्थाका केन्द्रीय महासचिव ममता खालिङ राईले उपस्थित सबैलाई बलिहाङको शुभकामना दिँदै कविता सुनाएकी थिइन् ।

तयसैगरी नेपालका राष्ट्रिय कलाकार तथा गोविन्द डान्स सेन्टरका संस्थापक गोविन्द राई, संस्थाका पूर्वअध्यक्ष प्रभाकर राई, मार्शल आर्टश एसोसियसनका संस्थापक पर्खि खालिङ राई तथा फिप्नाका कोषाध्यक्ष कृष्ण महर्जन,, किरात याक्थुङ, चुम्लुङ अमेरिकाका केन्द्रीय अध्यक्ष पुर्ण लिम्बु, हेवेन्ली पाथ अमेरिकाका पूर्व केन्द्रीय अध्यक्ष सुकु लम्दाली राई लगायत विभिन्न संघसंस्थाबाट पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा नयाँ चार सदस्यहरुलाई स्वागत गरिएको थियो । कलाकार अनिशा राई र नबिना लिम्बुले सुन्दर नृत्य प्रस्तुत गरेको सो कार्यक्रम संस्थाका न्युयोर्क च्याप्टर महासचिव सिर्जना राईले सञ्चालन गरेकी थिइन् ।

 

 

वि.सं.२०८२ कात्तिक १३ बिहीवार १२:१९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...