back
CTIZAN AD

कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दै

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार

564 

shares

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति आज पनि बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

भदौ २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा सुरुको दिन सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राखेका थिए । सोही क्रममा उनले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि दोस्रो दिनको बैठक असोज ३० गते बसेको थियो । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहेकै बेला कात्तिक १ गते बसेर विहिबारसम्मका लागि स्थगित गरिएको थियो ।

विहिबारदेखि पुनः शुरु भएको बैठकमा नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा संस्थापन पक्ष र इतर पक्षबीच जुहारी चलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले मङ्सिर भित्र महाधिवेशन गर्न नसकिने भन्दै आएको छ भने नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत जति सक्यो छिटो महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका छन् ।

यसैबीच कांग्रेसका ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको समेत माग केन्द्रीय कार्यालयमा दर्ता गराएको विषय पनि यस केन्द्रीय समितिको मुख्य विषय बनेको छ ।

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार ०८:५३ मा प्रकाशित

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...