back

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

वि.सं.२०८२ कात्तिक १६ आइतवार

252 

shares

धरान (सुनसरी) । यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबाली क्षति पु¥याएको छ । जिल्लामा लगाइएको धान, तरकारीबालीमा क्षति पुग्दा करिब दुई अर्ब बराबरको नोक्सान भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएकोछ ।

केन्द्रका प्रमुख नीलकमल सिंहले जिल्लामा ४८ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा वर्षाले करिब १४ हजार ४०० हेक्टरमा क्षति पु¥याएको जानकारी दिए । उनका अनुसार धानमध्ये राधाबार, बास्मतीलगायत जातका बालीमा बढी क्षति पुगेको छ ।

“अगौटे जातका करिब २० प्रतिशत किसानले धान काटिसकेका थिए, बाँकी हावाहुरी र वर्षाले खेतमा लडाएको छ”, सिंहले भने, “अहिलेसम्म करिब नौ हजार ६०० हेक्टर क्षेत्रफलको धान मात्र काटिएको छ । बाँकी बाढी र निरन्तरको वर्षाका कारण कुहिने अवस्थामा पुगेको छ ।”

अहिले पनि वर्षा भइरहेकाले किसानले काटेर राखेको धान पनि उठाउन समस्या भइरहेको उनको भनाइ छ । “केही दिनमा घाम लाग्यो भने पानी सुकेपछि लडेको धान निकाल्न सकिन्छ, तर केही गुणस्तर भने घटेरै आउँछ, नभए त्यही कुहिएर जाने अवस्था आउँछ”, उनले भने ।

रामधुनी नगरपालिका–९ का किसान जङ्गबहादुर घिमिरेले दुई बिघा क्षेत्रफमा लगाएको धान वर्षाले पूरै नष्ट पारेको बताए । उनका अनुसार वर्षाले खेतमा बाँकी रहेको धान पनि कुहिने अवस्था छ । “करिब १२ कठ्ठा जति धान खान वा गाईवस्तुलाई घाँसका रूपमा प्रयोग गर्न पनि नमिल्ने गरी क्षति भएको छ । दुई दिनको वर्षाले दुई लाखभन्दा बढीको नोक्सानी भयो”, उनले भने ।

घिमिरेले पाकेको धान केही काटेर राखेको भए पनि वर्षाले कुटेर क्षति पु¥याएको बताए । उनले भने, “गत असोजमा आएको वर्षाले खासै नोक्सान गरेन, तर अहिलेको वर्षाले काटेको र काट्न बाँकी धान पूरै नष्ट ग¥यो । रोपाइँका सकयमा पानीको अभाव भयो, डिप बोरिङमार्फत रोपेको धान पाक्ने बेला वर्षाले तहसनहस बनायो । हाम्रो जीविकापार्जन भनेकै खेती हो, अरु केही पेसा व्यवसाय छैन ।”

रामधुनीका किसान सुरकुमार राईले करिब नौ कठ्ठामा लगाएको तरकारी र आठ कठ्ठाको धान बेमौसमी वर्षाले नष्ट पारेको बताए । उनले भने, “तरकारी फलिसकेको थियो, धान पनि पाक्न लागेको थियो, सबै खेतमै लडायो । यही धान र तरकारी वर्षभरि खाने अन्नको व्यवस्थापन गर्छौँ, अब कसरी वर्षदिन गुजारा गर्ने भन्ने चिन्ता छ ।”

सुनसरीमा चार सय ५८ हेक्टरमा हुने कोदोखेतीमध्ये करिब १० प्रतिशतमा क्षति पुगेको कृषि ज्ञानमा केन्द्रका प्रमुख सिंहले बताए । उनले भने, “कोदोको बोट अलिक होचो र बलियो हुने भएकाले कम क्षति भयो ।” आठ हजार १०० हेक्टरमा हुने तरकारीखेतीमध्ये करिब ९५ प्रतिशतमा क्षति पुगेको उनले जानकारी दिए ।

प्रमुख सिंहका अनुसार फलेका काँक्रो, परवल, बोडी, घिरौँलालगायत तरकारी तथा बिरुवा पनि नष्ट भएको छ । जिल्लामा ५३० हेक्टर क्षेत्रमा हुने केरा खेतीमध्ये ८० प्रतिशत वर्षाले नष्ट गरेको जनाउँदै उहाँले केही उखुखेतीमा समेत क्षति पुगेको बताए ।

जिल्लाका देवानगञ्ज, रामधुनी, कोशी, इनरुवा र भोक्राह नरसिंह गाउँपालिकामा सबैभन्दा बढी धान, केरा र तरकारीखेतीमा क्षति पु¥याएको ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सिंहका अनुसार अहिलेसम्म सङ्कलन भएको विवरणमा करिब रु दुई अर्ब ५० करोड बराबरको क्षति भएको छ । उनले भने, “सबै पालिकाबाट क्षतिको विवरण सङ्कलन भइरहेको छ । यसका लागि सम्बन्धित निकायलाई विवरण सङ्कलनका लागि पत्राचार गरिसकिएको छ ।” रासस

वि.सं.२०८२ कात्तिक १६ आइतवार १५:४१ मा प्रकाशित

Himalayan Life AD
कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

काठमाडौँ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम...

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई...

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार...

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन  गृहमन्त्रीको निर्देशन

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई...

बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

त्रिशूली (नुवाकोट) । स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन आजदेखि...