back
CTIZAN AD

माधव–प्रचण्ड मिल्दा झलनाथ–घनश्यामको नयाँ गठजाेड

वि.सं.२०८२ कात्तिक १८ मंगलवार

495 

shares

काठमाडौँ । नेकपा (एस) भित्रको एकता विवाद फेरि निर्णायक मोडमा पुगेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको समूहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर “एकता राष्ट्रिय सम्मेलन” आयोजना गरेको छ । उक्त सम्मेलन बुधबारबार बिहान ११ बजे भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ, जसमा केन्द्रीयदेखि स्थानीय तहसम्मका सबै संरचनाका पदाधिकारी र सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।

तर, सोही समयमा झलनाथ खनाल र घनश्याम भुसाल नेतृत्वको अर्को समूहले त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको डीसी हलमा “विशेष घोषणा कार्यक्रम” गर्ने तयारी गरेको छन् । उनीहरूले नयाँ राजनीतिक दिशाबारे जानकारी दिँदै राष्ट्रिय कार्यकर्ता भेलाको मिति सार्वजनिक गर्ने बताएका छन् ।

झलनाथ घनस्याम समूहका एक नेताका अनुसार, उनीहरूको नयाँ राजनीतिक संरचना “राज्य दोहन, फौजदारी अभियोग र भ्रष्टाचारका आरोप लागेकालाई सदस्य नबनाउने” सिद्धान्तमा आधारित रहनेछ ।
उनका अनुसार, एमालेको महाधिवेशनपछि नयाँ नेतृत्वसँग संवाद र सहकार्यका सम्भावनाबारे मात्र छलफल गरिनेछ । यसले झलनाथ–घनश्याम समूह अहिले स्वतन्त्र बाटोमा अघि बढ्ने संकेत गर्छ ।

उनले अहिले खनाल र भुसालबीच सहमति बनेको छ—खनाललाई अभिभावक र भुसाललाई पार्टीको नेतृत्व जिम्मेवारी दिइने बताए ।

नेकपा (एस) पुनः दुई धारमा विभाजित हुने संकेत देखिएको छ । एकातर्फ माधव नेपाल–प्रचण्डको एकता अगाडि बढ्दैछ भने अर्कातर्फ झलनाथ–घनश्याम समूह नयाँ वाम राजनीतिक प्लेटफर्म निर्माणको तयारीमा छ ।
यी दुई धारले अबको नेपाली वाम राजनीतिमा नयाँ शक्ति सन्तुलन र पुनर्संरचनाको दिशा निर्धारण गर्ने सम्भावना देखिएको छ ।

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:५९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...