back
CTIZAN AD

भेडापालनमा भविष्य खोज्दै आस्मन

वि.सं.२०८२ कात्तिक १८ मंगलवार

561 

shares

म्याग्दी (बेनी) । यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिनछन् । हिउँदमा बेँसी र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उनको दैनिकी हो । केही वर्षअघिसम्म रोजगारीको खोजीमा शहरमा भौतारिनुभएका पुर्जा अहिले भेडापालनमै भविष्य खोजिरहेका छन् ।

बुबा मनलाल र आमा फिस्टीका सात भाइ छोरा र एक छोरीमध्ये कान्छो आस्मनले कक्षा ९ सम्म मात्रै पढे । उनले पोखरा, नयाँपुल र बेनीमा रेष्टुरेन्टमा पनि काम गरे । ती सबै काम छाडेर उहाँ गाउँमै भेडापालन गर्न फर्कनुभएको हो ।

“आफ्नै माटोमासम्भावना छन् भन्ने लागेर भेडापालन सुरु गरेको हुँ, मेरो स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई आर्थिक लगानीको जरुरी थियो, त्यही बेला कोरियामा रहनुभएका साथी अनिल पाइजाले साथ दिनुभयो र यो सम्भव भएको हो,” पुर्जाले भने । किसानी मावि बिममा पढ्ताका सहपाठी अनिलले भेडापालनका लागि सुरुआती लगानी गरिदिएपछि आफ्नो भेडापालन गर्ने सपना पूरा भएको उनले बताए ।

भेडापालनमा करिब रु १३ लाख लगानी गर्नुभएका पुर्जालाई साथी अनिलले मात्रै करिब रु ६ लाख सापटी दिनुभएको छभने बाँकी रकम पुर्जा आफैँले जुटाएका छन् । उनका गोठमा हाल करिब १०० भेडा छन् । भेडीगोठमा भेडाको सङ्ख्या थपिने क्रम जारी छ । यही याममा मात्र उहाँका करिब २५ भेडा ब्याउने तयारीमा छन् । निकट भविष्यमा भेडाको सङ्ख्या बढाएर भेडीगोठलाई आम्दानीको स्रोत बनाउने पुर्जाको योजना छ ।

जेठदेखि असोजसम्म जिरबाङ पिक, बुकी र मूलखर्कका हरियालीमा राखिने भेडीगोठलाई हिउँद लागेपछि भने सिङकोस गाउँ वरपर झारिन्छ । स्थानीय बासिन्दाले देवीदेवताको भाकल पूरा गर्न साँढले पूजा गर्ने चलन भएकाले भेडीगोठमा उत्पादन भएका साँढका लागि बजारको अभाव छैन । खसी भने मासुका लागि गाउँलेहरुले गोठमै पुगेर खरिद गर्छन् ।

“बुबाले पनि घुम्तीगोठमा भैँसीपालन गर्नुभएको हो, सानोमा पनि म दाइहरुसँग गोठमा बसेको थिए, आफ्नै पुर्खाको माटोमा पसिना बगाउन पाइरहेको छु,” उनले भने ।

पुर्जाको भेडापालनले युवाहरुले विदेशमा गएर मात्र सम्भावना खोज्नु पर्दैन, आफ्नै गाउँमा पनि अवसरहरू छन् भन्ने सन्देश दिएको स्थानीयवासी बताउँछन् । पुर्जाको बुबा ७१ वर्षीय मनलालले अझै चोयाको डोको, डालो बन्नेछन् । उनका दुई छोराले बाख्रापालन, एक छोराले गोठमा भैँसीपालन गर्दै आएका छन् । एक छोराले जिप चलाउँछन् । दुई छोराले गाउँमा च्याउ, टुसालगायत बिक्री गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १४:०५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...