back

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

वि.सं.२०८२ कात्तिक १८ मंगलवार

339 

shares

पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लिलितपुरको सानेपामा सुरु भएको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति सहभागी छन् ।

आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी रहेको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिए । जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा गत असोज २८ गतेदेखि सुरु भएको बैठक असोज ३० र ३१ गते, त्यसपछि कात्तिक १३ र १४ गते सञ्चालन भएको थियोे ।

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १४:४१ मा प्रकाशित

Himalayan Life AD
चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

काठमाडौँ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम...

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई...

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार...

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन  गृहमन्त्रीको निर्देशन

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई...