back
CTIZAN AD

प्रकृतिलाई खुुसी पार्न तोरन तार्ने चलन

वि.सं.२०८२ कात्तिक १९ बुधवार

516 

shares

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको बराह तालमा प्रकृतिलाई खुशी पार्न तोरण तारिएको छ ।

म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरुले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुद्री सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाईमा रहेको तिनचुलेको बराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर विधिपूर्वक तानिएको हो ।

खेती किसानी र पशुुपालन गर्ने स्थानीयबासीहरूले परापूर्वकालदेखि हरेक वर्षको कात्तिक शुुक्ल पूर्णीमाका दिन प्रकृतिलाई खुशी पार्न सामूहिक रुपमा तोरण तार्ने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएका धार्मिक पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रर्वद्धन समितिका सल्लाहकार भपिन्द्र घर्तीले बताए ।

‘कात्तिक पूर्णिमाका दिन तिनचुले बराह तालमा तोरण तारेमा गाउँमा अनिष्ट, प्राकृतिक विपद्, महामारी, रोगब्याधी नहुने र शिवालय मन्दिरमा पुजाआजा गरेमा मनोकाक्षा पुुरा हुुने जनविश्वास रहेको छ,’ उनले भने, ‘चार वटा टोलबाट सामूहिक र भाकल पूरा भएकाले व्यक्तिगत रूपमा तोरण ल्याएर तार्ने चलन छ ।’

बैकुुण्ठ चर्तुदर्शीका साँझ गाउँगाउँबाट माझखर्कमा लगिने तोरणलाई त्यहाँ देखि डोलीमा चढाएर बाजा र भजनकिर्तन सहित बराहताल र शिवालय मन्दिर परिक्रमा गराई तान्ने चलन छ । शिवालय मन्दिर देखि बराहतालको पूर्वी छेउको रुखमा तोरण तान्ने गरिएको छ ।

बाबियोको डोरी बाटेर थरिथरिका फुलहरु गाँसेर तोरण बनाउने चलन छ । तोरण लिएर पुगेका भक्तजनहरु बैकुण्ठ चर्तुदर्शीको रात माझखर्कमा रहेको धर्मशालामा जाग्राम बसेर भजनकिर्तन गर्ने गर्छन् ।

यस वर्ष पाँच वटा तोरण तारिएको र करिब एक हजार जना भक्तजनले शिवालय मन्दिरमा पूजाआजा तथा दर्शन गरेका समितिका अध्यक्ष धनबहादुर घर्तीले जानकारी दिए । तोरण तार्न र पूजाआजाका लागि आएका भक्तजनहरूलाई समितिले निशुल्क प्रसाद र चिया वितरण गरेको थियो ।

ताराखोला, करिमेला, हिले, नागबेलीखोला, सिप, अर्गल, सिरकुुम, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, नेटा, बाबियाचौर, पिपलबोट लगायतका ठाउँबाट भक्तजन आएका थिए । माझखर्कबाट तिनचुलेतर्फ तोरण लैजानुअघि अन्धनिशान र छेलो फाल्ने प्रतियोगिता भएको थियो ।

पहलमान पहिचान गर्न गरिने थेलो फाल्ने प्रतियोगितामा बिजयी भएका टिकावाङका लालबहादुुर पटेललाई पहलमान घोषणा गरिएको थियो । पटेललाई फेता गुटाएर काँधमा बोकेर मन्दिर र बराह ताल परिक्रमा गरिइएको थियो ।

म्याग्दी र बागलुङ दुवै तर्फबाट सडक र पदमार्गले जोडिएको तिनचुुलेमा यातायातको सहज सुविधासँगै भक्तजनको आगमन बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताए ।

ताराखोला, मङ्गला गाउँपालिका, गण्डकी प्रदेश सरकार र समुदायको सहकार्यमा तिनचुलेलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको उनले बताए ।

सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सम्मुखमा रहेका तिनचुले पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ ।

वि.सं.२०८२ कात्तिक १९ बुधवार १५:२६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...