back
CTIZAN AD

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार

591 

shares

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । अस्पतालले विशेषज्ञ सेवासँगै सिटी स्क्यानलगायतका उपकरणबाट सेवा दिन थालेपछि बिरामीको चाप बढेको हो । रिफर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ विशेषज्ञ चिकित्सकसहितको सेवा दिन थालेको छ ।

अस्पतालमा मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा सञ्चालन भएपछि दैनिक आउने बिरामीको चाप बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले जानकारी दिए । एक महिनाअघि मात्रै अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको थियो । यसले यहाँ उपचार गर्न आउने बिरामीको चाप बढेपछि शय्या अभाव हुन थालेको उनले बताए ।

“सिटी स्क्यान सुरु भएपछि क्यान्सरको प्रारम्भिक पहिचान हुने, धेरैजसो चोटपटक लागेका, दिमागमा नशा च्यापिने र हेमाटोमा हुने बिरामीको निदान भइरहेको छ”, मेसु डा भट्टले भन्नुभयो, “यस्ता बिरामी बढेपछि अस्पतालमा बेडको अभाव हुन थालेको छ, बिरामी भर्ना दर बढेको छ ।”

बिरामीको भर्ना दर बढेपछि तत्काल बेड थप गर्नुपर्ने अवस्था आएको मेसु डा भट्टले बताए । यसका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयमा पहल गरिरहेको उनकोे भनाइ छ । “मङ्सिरदेखि ओपिडी र आकस्मिक कक्षका लागि छुट्टै अत्याधुनिक एक्स–रे मेसिनबाट सेवा सुरु गर्दै छौँ”, उनले भने, “हामीले गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धताअनुरुप काम गरिरहेका छौँ ।”

अस्पतालले विशेषज्ञसहितको सेवा सुरु गरेपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्न थालेको छ । विगतको तुलनामा अस्पतालमा अत्याधुनिक स्वास्थ्य उपकरण र विशेषज्ञसहितको सेवाले बिरामीलाई रोगको निदान र उपचारमा सहज भएको छ । अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेपछि बिरामीको रोग पहिचान गरी उपचार गर्न सहज भएको अस्पतालका रेडियोलोजिष्ट सन्तोष आत्रेयले जानकारी दिए ।

“अस्पतालमा एक्स–रे मात्रै हुँदा हामीले यहाँबाट बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था थियो,” उनले भने, “सिटी स्क्यान सुरु भएपछि यहाँ उपचारका लागि आउने धेरै बिरामीको छोटो समयमा उपचार गर्न सफल भएका छौँ, महेन्द्रनगरमै क्यान्सर पहिचान हुन थालेको छ ।” उहाँले धेरैजसो बिरामीको प्रारम्भिक क्यान्सरसमेत देखिएपछि बिरामीलाई सल्लाहसहित उपचारका लागि पठाएको बताए ।

अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले विगतको तुलनामा अस्पतालले विशेषज्ञ सेवा थपिँदै गएको बताए । “विगतको तुलनामा यहाँबाट सेवा लिने बिरामीको सङ्ख्या बढेको छ,” उहाँले भन्नुभयो, “यहाँको मुख्य आवश्यकता भनेको सिटी स्क्यान थियो त्यो सेवा पनि सञ्चालन भएपछि यहाँका बिरामीहरुलाई राहत मिलेको छ ।”

अहिले विशेषज्ञ चिकित्सक सेवा थपिँदै गएकाले सरकारले त्यही अनुसारको भौतिक पूर्वाधार र स्वाथ्य उपकरण पनि थपिँदै गए यहाँबाट कुनै पनि बिरामीले उपचारका लागि अन्यत्र जानु नपर्ने उहाँको भनाइ छ । अस्पताल प्रशासनका अनुसार आर्थिक वर्ष २०७०÷८१ मा ९१ हजार ५०० बिरामीले ओपिडिबाट सेवा लिएका थिए ।

त्यसैगरी आकस्मिक कक्षबाट ३९ हजार ९१४ जनाले सेवा लिएका थिए भने पाँच हजार जना अस्पतालमा भर्ना भएका थिए । विशेषज्ञ सेवा सुरु भएपछि आर्थिक वर्ष २०८१÷८२ मा ओपिडीबाट एक लाख नौ हजार बिरामीले सेवा लिएका छन् । आकस्मिक कक्षबाट ५१ हजार ३०० बिरामीले सेवा लिएका छन् भने ६ हजार ३५६ जना अस्पतालमा भर्ना भएका थिए ।

विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्नति हँुदै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर) का रुपमा परिणत भयो । मुलुकमा सङ्घीयतापछि प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो ।

अस्पतालमा स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवाँै तथा दश तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ । अहिले अस्पतालमा मेडिसिन विभागमा चार, हाडजोर्नी विशेषज्ञ तीन, स्त्री रोग विशेषज्ञ तीन, बालरोग विशेषज्ञ दुई, नाक कान घाँटी विशेषज्ञ दुई, एनेस्थेसियोलोजिस्ट दुई, सर्जरी विशेषज्ञ तीन र रेडियोलोजिस्ट दुई र एक जना मानसिक रोग विशेषज्ञ कार्यरत छन् ।

 

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १६:५५ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...