back

चारु

वि.सं.२०८२ कात्तिक २९ शनिवार

540 

shares

पशपती राई, हलेशी तुवाचुङ – ५, खोटाङ

मेरो गोरूको बाह्रै टक्का किन गर्छ मान्छे?
यो सत्य जगतमा भ्रम किन छर्छ मान्छे ?

सूर्यले यति उज्यालो प्रकाश दिएको छ
तैपनि अँध्यारोतिरै पो किन सर्छ मान्छे?

चलाएमान छ सृष्टि अचल के छ भन
बाचुन्जेल एकै ठाउँमा किन पर्छ मान्छे ?

जवान हुँदा कहिल्यै यौटा डुङ्गा ताछेन
मर्ने बेला मात्रै वैतर्नी किन तर्छ मान्छे?

पद पैसा यौन भनेपछि हुरुक्क हुने
सिक्का पाटो नपल्टाएरै किन मर्छ मान्छे ?

अक्षर संख्या : १५
आदि अनुप्रास : अर्छ
शेष अनुप्रास :मान्छे

वि.सं.२०८२ कात्तिक २९ शनिवार ०५:५९ मा प्रकाशित

Himalayan Life AD
लघु कथा- हराम प्रसादको फूर्ति

लघु कथा- हराम प्रसादको फूर्ति

मूरलीचोक थानाका थानेदार हराम प्रसाद दर्जाले सई भएपनि चुरीफुरीले ठुलै...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

काठमाडौं । सर्जक सरस्वती भित्रकोटीद्वारा रचित ‘प्रेमपत्र’ मुक्तक–संग्रह शनिबार बालुवाटारस्थित...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. स्मृति मर्दैन कहिल्यै जब एक्लोपन आउँछ...

चारु

चारु

तेजप्रसाद खनाल लमही, दाङ तिम्रा मेरा जिन्दगीका रहर अधुरा छन्...

सुसेली

सुसेली

घनश्याम पौडेल,पोखरा १ सबै–सबैमा एकादशी पर्वको शुभकामना २. फूल खसेर...