back
CTIZAN AD

चारु

वि.सं.२०८२ कात्तिक २९ शनिवार

780 

shares

पशपती राई, हलेशी तुवाचुङ – ५, खोटाङ

मेरो गोरूको बाह्रै टक्का किन गर्छ मान्छे?
यो सत्य जगतमा भ्रम किन छर्छ मान्छे ?

सूर्यले यति उज्यालो प्रकाश दिएको छ
तैपनि अँध्यारोतिरै पो किन सर्छ मान्छे?

चलाएमान छ सृष्टि अचल के छ भन
बाचुन्जेल एकै ठाउँमा किन पर्छ मान्छे ?

जवान हुँदा कहिल्यै यौटा डुङ्गा ताछेन
मर्ने बेला मात्रै वैतर्नी किन तर्छ मान्छे?

पद पैसा यौन भनेपछि हुरुक्क हुने
सिक्का पाटो नपल्टाएरै किन मर्छ मान्छे ?

अक्षर संख्या : १५
आदि अनुप्रास : अर्छ
शेष अनुप्रास :मान्छे

वि.सं.२०८२ कात्तिक २९ शनिवार ०५:५९ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...